गगन र विश्वप्रकाश फरक फरक टीमबाट महामन्त्रीको उम्मेदवार

लोकपथ
7.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति शेरबहादुर देउवा प्यानलमा नअटाएपछि उनले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन् । सुरुमा देउवा टिमबाट उम्मेदवारी दिने भनिए पनि कृष्णप्रसाद सिटौला समूह देउवा टिमसँग मिलेपछि उनी नअटाएका हुन् ।

यसैगरी अर्का युवा नेता गगन थापा शेखर कोइराला टीमबाट महामन्त्रीको उम्मेदवार बनेका छन् । यससँगै गगन र विश्वप्रकाश फरक टीमबाट भिड्ने भएका छन् ।

संस्थापन इतरबाट साझा उम्मेदवार खोज्न लामो छलफल भए पनि साझा उम्मेदवार हुन नसकेपछि उक्त प्यानल तितरवितर भएको छ ।

सो क्रममा प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिएका हुन  भने उनको समूहबाट सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी रहेकी छिन् ।

-यसअघि समाचारमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?