कांग्रेस नेतृ रमा पौड्यालको खुला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी

लोकपथ
195
Shares

काठमाडौं । नेपाली कांग्रेसकी जुझारु नेतृ रमा पौड्यालले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी छन्। पौड्यालले खुल्ला महिलातर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गरेकी हुन् ।

पार्टीभित्र श्रमिकहरूको हकहितका लागि सशक्त आवाज उठाएर उनीहरूको प्रतिनिधित्व बढाई कांग्रेस पार्टीलाई श्रमिकमय बनाउन केन्द्रीय समितिमा पुगेपछि आफ्नो अहं रहने नेतृ पौड्यालले बताइन् ।

महिलाहरूलाई पार्टी संगठनमा सशक्त बनाउन र केन्द्रीय समितिसम्म महिलाका आवाज पुर्‍याउन पौड्यालले केन्द्रीय सदस्यमा आफूलाई जिताउन अपिल गरेकी छन् । केही समयमै उनले उम्मेदवारी दर्ता गराउने भएकी छन् ।

ट्रेड युनियन कांग्रेसको राजनीतिमा तीन दशकभन्दा बढी बिताएकी पौड्याल वैकल्पिक कांग्रेस केन्द्रीय सदस्य पौडेल हुन् । पारिवारिक राजनीतिक विरासत बोकेकी समन्वयकारी नेतृ कांग्रेस नेता कार्यकर्तामाझ निकै लोकप्रिय छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?