मोदी जनकपुरमा पुग्दा लालबाबु उत्साहित, यस्तो छ १०० दिनको कामको फेहरिस्त(पूर्णपाठ)

जनकपुर– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई  जनकपुर भ्रमण गराउन सकेकोमा उत्साहित भएका छन् ।
मोदीलाई जनकपुर भ्रमण गराएको सन्दर्भलाई जोड्दै  प्रदेश नम्बर २ को सरकारले दशकौंसम्म हुन नसकेको काम लगभग १० सातामै गरेर इतिहास बनाएको  उनको दाबी छ ।

‘प्रदेश सरकारले लगभग दश हप्तामै दशकौंसम्म नभएको काम गरेर इतिहास बनाएको छ’, आज प्रदेश संसदलाई सम्बोधन गर्दै राउतले भनेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीको जनकपुर भ्रमणलाई भव्यता र ऐतिहासिक रुपमा सफल बनाएको छ । ’

उनले १०० दिनको अवधिमा भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण गराउन सकेको, संविधानको अनुसूची ६ मा समावेश भएका २१ वटा अधिकारहरु मध्ये अधिकांश विधेयक तयार भइसकेको, जनकपुर र वीरगंज लगायतका शहरहरुमा सरसफाई अभियानको शुभारम्भ गरिएको, प्रदेश नीति आयोगको गठन गरिएको, प्रदेशमा वैकल्पिक उर्जा उत्पादन लागि सवै नीतिगत कामहरु पूरा भएको लगायतका  विषयलाई उपलब्धिको रुपमा उल्लेख गरेका छन् ।

राउतले गणतन्त्र दिवसको समेत शुभकामना दिएका छन् ।
यस्तै उनले कतिपयले आफ्नो कामकारबाहीलाई जोडेर अनेकन टिकाटिप्पणी गरिएको भन्दै दुःख समेत व्यक्त गरेका छन् ।
 

प्रदेश संसदलाई सम्बोधन गर्दै के– के भने राउतले पढ्नुहोस्ः

माननीय सभामुख महोदय,
 
 यो गरिमामय सदन मार्फत गणतन्त्र दिवस २०७५ को पूर्व संध्यामा प्रदेश नं.२ का जनतालाई शुभकामना दिन चाहन्छु । सर्वप्रथम म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि प्राण उत्सर्ग गर्ने सम्पूर्ण वीर शहीदहरु प्रति हाद्धिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छु । शहीदहरुको बलिदानीकै कारण आज हामीले संघीय गणतन्त्र सहितको नयाँ लोकतान्त्रिक व्यवस्था पाएका छौं ।  १०४ बर्षे राणा शासनको २००७ सालमा अन्त्यसंगै खुलेको प्रजातन्त्रको ढोकालाई पञ्चायती व्यवस्थाले केही समयको लागि बन्द गरे पनि  २०४६ सालमा भएको जनआन्दोलनले प्रजातन्त्रको पुनर्वहाली ग¥यो, यद्यपि त्यो परिवर्तन अधुरो थियो । २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनले देशमा गणतन्त्र स्थापना गरयो भने ०६३/०६४ को मधेश जनविद्रोहले मुलुकमा संघीयता स्थापित गरी नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र बन्न पुग्यो । संघीय लोकतान्त्रिक गणतन्त्र भनेको जनताको शासन हो । जनतामा सार्वभौमसत्ता निहित हुन्छ । हामीले पाएको नयाँ व्यवस्थालाई वास्तविक अर्थमा समावेशी लोकतन्त्र बनाउनको लागि अझै पनि राजनीतिक संघर्ष जरुरी छ ।
अब म यँहाहरुको ध्यान प्रदेश सरकारतर्फ केन्द्रित गर्न चाहन्छु । कस्तो संयोग जुटेकोे छ भने गणतन्त्र दिवससंगै प्रदेश सरकार पनि झण्डै १०० दिने कार्यवधि पुरा गरेको छ । यसकारण गणतन्त्र दिवसको यो पुनित अवसरमा म जनताहरुलाई प्रदेश सरकारले सय दिनमा गरेका कामको प्रगति विवरण समेत राख्न चाहन्छु ।
 
1.  कुनै समयमा Vladimir Leninले भनेका थिए"There are decades where nothing happens; and there are weeks where decades happen” प्रदेश सरकारले लगभग दस हप्तामै दशकौंसम्म नभएको काम गरेर इतिहास बनाएको छ । भारतका प्रधानमन्त्री माहामहीम श्री नरेन्द्र मोदीजीको जनकपुर भ्रमणलाई भव्यता र ऐतिहासिक रुपमा सफल बनाएको छ ।
2. तीन लाख भन्दा बढी जनताको उपस्थितिमा भारतका प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको क्रममा भएको विशाल नागरिक अभिनन्दन सहितको कार्यक्रमले यो प्रदेश नं.२ र देश कै जनताको मान र सम्मान उच्च बनाएको छ । उक्त कार्यक्रमले जनकपुरलाई विशाल भारतमा मात्र होइन, अन्तराष्ट्रिय जगतमै  प्रसिद्धि दिलाएको महसुस गरेका छौँ ।  यसकै परिणाम स्वरुप जनकपुरमा धार्मिक पर्यटकहरुको आगमनमा बढोत्तरी भएको छ । भारतका प्रधानमन्त्रीजीको भ्रमणको क्रममा प्रदेश सरकारले देखाएको अतिथि सत्कार, मिहिनेत र जनताको विशाल उपस्थितिले प्रशंसा बटुल्न सफल भएको छ । यस्तो सफलताको मौका विरलै पाउने अवसरको रुपमा लिएका छौँ । यसकारण प्रदेश सरकारले सफल र ऐतिहासिक कार्य गर्न सकेकोमा गौरवान्ति छु ।
3.दाश्रो सरकारको सवै भन्दा ठुलो सफलता भनेको प्रदेश सरकालाई संविधानको अनुसुची ६ मा समावेस भएका २१ वटा अधिकारहरु मध्ये अधिकांश विधेयक तयार भैइसकेको छ । प्रदेशलाई शक्तिसाली वनाउने प्रदेश प्रहरी ऐन अन्तिम चरणमा पुगेको छ । यसका लागि काठमाडौवाट विभिन्न विज्ञहरुलाई जनकपुरमा बोलाई कयौँ चरणमा छलफल तथा अन्र्तक्रिया गरी अन्तिम चरणमा पु¥याएका छौ । अव प्रदेश सभामा टेवल गर्न मात्र बाँकी रहेको छ । त्यस्तै प्रदेश लोकसेवा आयोग र प्रदेश निजामती कर्मचारी ऐन जस्ता शक्तिशाली विधेयकहरु समेत तयार गरी सकेका छौ । यो संग संगै अरु दुईवटा कानून आर्थिक कार्य्विधि ऐन र विनियोजन ऐन प्रदेशसभाबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ ।
4. त्यसै गरी ६ वटा विधेयकहरू—मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा शर्तसम्बन्धी विधेयक, जिल्ला समन्वय समिति, नगरसभा, गाउँसभा सदस्यले पाउने सुविधा सम्बन्धी विधेयक, जिल्लासभा, गाउँसभा, नगरसभा, सञ्चालन बैठकको कार्यविधि समिति सम्बन्धी विधेयक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का पदाधिकारीहरूको सेवा सुविधासम्बन्धी विधेयक, सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी विधेयक, प्रदेशसभाका सभामुख, उपसभामुख तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी विधेयक प्रदेशसभामा दर्ता भइसकेका छन् । ९ वटा विधेयकहरु—प्रदेश प्रहरी विधेयक, प्रदेश सञ्चित कोष सञ्चालन कार्र्यिवधि विधेयक,कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धी विधेयक, प्रदेश नीति आयोग गठन तथा कार्यसञ्चालन सम्बन्धी विधेयक, प्रदेश आकस्मिक कोष सञ्चालन सम्बन्धी विधेयक,प्रदेश सवारी साधन कर असुल उपर गर्ने सम्बन्धी विधेयक, प्रदेश मनोरञ्जन कर असुल उपर गर्नेसम्बन्धी विधेयक, प्रदेश वनसम्बन्धी विधेयक, प्रदेश विपत व्यवस्थापन सम्बन्धी विधेयक बनाउनका लागि मन्त्रिपरिषद्को बैठकबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ । यो संगसंगै प्रदेश विश्वधिालय, प्रदेश गुठी व्यवस्थापन, प्रदेश एफ. एम रेडियो तथा टेलिभिजन संचालन, वैदेशिक रोजगारमा रहेका युवाहरुको परिवारलाई उपल्बध गराउने समाजिक सुरक्षा सम्बन्धी महत्वपूर्ण विधयकहरु तयार भइसेको जानकारी आजको यो गतन्त्र दिवसको अवसरमा जनतालइ खुशीको उपहारको रुपमा सुनाउन चाहन्छु । यसकारण म दावीका साथ भन्न चाहन्छु की यो सरकार कानूनको विधेयक मस्यैदा तयारीको सन्र्दभमा निकै अगाडी रहेको छ ।
5. केही लोकप्रिय योजनाहरुको शुरुवात भएको छ । बेटी पढाउ, बेटी बचाउ अभियान अन्र्तगत बारा, पर्सा, धनुषा लगायतका स्थानहरुमा ५००० भन्दा बढी बालिकाहरुलाई बिद्यालय भर्ना गराई केही बालिकाहरुको प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रीहरुले अभिवाकत्व समेत ग्रहण गरेका छौँ । निम्न आय तथा गरीबीको रेखामुनि रहेका परिवारमा जन्मिने छोरीहरको शिक्षा बिमा गर्ने तथा साइकल उपल्बध गराउने कार्यको थालनी भइसकेको छ ।
6. मुख्य मन्त्री स्वच्छता अभियान अन्तर्गत जनकपुर र बिरगंज लगायतका शहरहरुमा सरसफाई अभियानको शुभारम्भ समेत भइसकेको छ।
7. एसइइ परिक्षालाई मर्यादित बनाउन प्रदेश सरकार सक्रिय भई अनुगमन समेत गरेको थियो। यसको परिणाम स्वरुप तुलनात्मक रुपमा एसइइको परिक्षा मर्यादिन वनाउन सफल भएको छ ।
8. प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, मुख्य न्यायाधिवक्ता लगायतका कार्यालय तथा आवाशहरुको व्यवस्थापन भइसकेका छन् ।
9. प्रदेश सरकारले प्रदेश नीति आयोगको गठन समेत गरिसकेको छ । नीति आयोगले आफनो कामकाज समेत शुरु गरिसकेको जानकारी गराउन चाहन्छु ।
10. प्रदेश सरकारले आफना मन्त्रालयहरु अन्र्तगतका सम्पूर्ण नीति, योजना तथा कार्यविधिहरु वनाइसकेको छ । जस्तै बेटी बचाउ, बेटी पढाउ योजना, स्वच्छता अभियान कार्यविधि, मधेश सहिद प्रतिष्ठान कार्यविधि, निर्वाचन क्षेत्र विकास कार्यविधि, समाजकि विकास कार्यविधि, भौतिक निर्माण कार्यविधि लगायत सम्मपूर्ण मन्त्रालयका कार्यविधिहरु तयार भई कार्य प्रारम्मभ भइसकेका छन् । प्रदेश मन्त्रिमण्डलबाट स्वीकृत भैसकेको मधेश सहिद प्रतिष्ठान कार्यविधिले प्रदेश सरकारले प्रदेशका शहीद परिवारहरुको भरणपोषणको लागि एक शहीद परिवार एक रोजगारको व्यवस्था गर्नेछ । यो कुरा यसै महिनादेखि कार्यान्वयनमा आउनेछ ।
11. मधेश आन्दोलनमा शहादत प्राप्त गर्नु भएका शहीद परिवारहरुका लागि उच्च नश्लको दुधालु भैँसी वा गाई उपलब्ध गराउने तथा गोठ निर्माणका लागि आर्थिक सहयोग उपल्बध गराउने कार्यविधि तयार भई वितरण हुने क्रममा रहेको छ ।
12. जनताको कचहरी,जनताको सरकार, जनताकै द्धार योजना अन्र्तगत धनुषाको नाथपटि विसनभोरा, महोत्तरीको सोनमा तथा बिरगंज इनरवामा जनतासंग प्रत्यक्ष संवादको थालनी गर्न सुरु गरिसकेको छ । यसले प्रदेश सरकार जनताको घरसम्म नै आइपुग्छ भन्ने अनुभूति दिलाउन सफल भएको छ ।
13. जन्मसिद्ध नागरिकता लिएका सन्तानको छोराछोरीहरुलाई वंशजको नागरीकता यथाशीघ्र दिन मुख्य न्यायधिवक्तको कार्यालयले धनुषा लगायत प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरिसकेको छ । यसमा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट सकारात्मक उत्तर समेत आइसकेको छ । म मुख्य मन्त्रीको हैसियतले स्वंयनै चैत्र ७ गते प्रधानमन्त्रीज्यूलाई भेटी जन्मसिद्ध नागरीकता लिएका सन्तानको छोराछोरीहरुलाई वंशजको नागरीकता सहज रुपमा वितरण गराउन आग्रह गरेको थिए । प्रदेश सरकारको यो सक्रियताले चाँडै नै नागरिकता वितरणमा सहजता आउने विश्वास लिएको छु ।  
14. लाहानमा भएको बम विस्फोटको घटनामा सत्य तथ्य पता लगाउन तत्काल गृह राज्य मन्त्रीको संयोजकत्वमा छानवीन समिति गठन गरी सो को प्रतिवेदन समेत आइसकेको छ । यस घटनाका दोषीलाई कानूनी कारवाही गरी पीडितलाई क्षतिपूर्ति उप्लबध गराउने निर्णय समेत भइसकेको जानकारी गराउन चाहन्छु ।
15. जलेश्वर, सिरहा, सप्तरी लगायतका कारगारहरुको अनुगमन भई आवश्यक सुधारका लागि निर्देशन समेत दिइसकेको अवस्था छ ।
16. प्रदेश प्रहरी तालिम केन्द्र मिथिला नगरपालीका चमिनियामाइमा स्थापना गर्न सर्वदलीय निर्णय भई अन्तिम चरणमा पुगेको छ ।
17. बाराको गढीमाई नगरापालिकामा आगलगीले ठुलो क्षति हुँदा २४ घण्टा भित्र प्रदेश सरकारले पीडितकै घरमा पुगी मुख्यमन्त्री र मन्त्रीहरुले आफनै हातवाट राहत तथा क्षतिपूर्ति तत्काल उपल्बध गराएको थियो ।
18. वातावरण सफाई कार्यक्रम अन्र्तगत दुधमति नदीको सरसफाई तथा वृक्षारोपण कार्यलाई अभियानको रुपमा शुरुवात गरिएको छ । साथै वातावरण स्वच्छताको सन्दर्भमा विभिन्न स्थानहरुमा सन्देश मुलक होर्डिंग बोर्डहरु राखिएको छ ।
19. पशुपालक किसानहरुलाई राहत दिने सन्दर्भमा च्याफ कटर (घाँस काटने) मेशीन वितरण गर्ने तयारी अन्तिम अवस्थामा पुगेको छ ।  
20. प्रदेशको आफनै संचित कोष खडा गरी प्रदेशको कानून बमोजिम प्राप्त हुने आम्दानी खर्च गर्ने परिपाटिको शुरुवात गरेको छु ।
21. जलेश्वर जनकपुर सडक,जटही जनकपुर सडक लगायतका प्रदशेको सडकहरुको भौतिक योजना मन्त्रीले अनुगमन गरी द्रुत गतिमा र गुणस्तरीय सडक निर्माणका लागि फिल्डमै निर्देशन दिएको अवस्था छ ।
22. यो प्रदेशलाई वैकल्पिक उर्जा उत्पादन खासगरी सौर्य उर्जा जडानका लागि सवै नीतिगत कामहरु पुरा भएसकेको छ । केही महिनामा नै कार्यान्वन्यमा आउने जानकारी गराउन चाहन्छु ।
23. सडक, सिँचाइ, पूर्वाधारलगायतका बिषयमा प्रदेशको योजना बनाउन राष्ट्रिय स्तरका विज्ञहरु बोलाई दुई दिने छलफल पश्चात प्रदेशको भौतिक पूर्वाधारहरुको योजना बनाउन प्रदेश सरकार सफल भएको छ ।
24. मैले गरेको काम र भानाइहरुबारे मिडिया र राजनीतिक वृतमा अनावश्यक टिका टिप्पणी गरेर भ्रम सिर्जना गर्न खोजियोे । म आफ्नो संवैधानिक जिम्मेबारीप्रति पूर्ण प्रतिबद्ध छु । प्रदेशको जनताको बीचमा मेरो राजनीतिक कदमले उत्साह र आशा पैदा गरेको छ । म प्रदेश नं. २ को जनताको राजनीतिक अकांक्षाको प्रतिनिधित्व गर्न पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।
अन्तिमम हम अपने सबक यी बात कहैल चाहै छि कि विभिन्न चुनौतीके बाबजुद भी १०० दिनके भितर ही यी सरकार जनतामे एक बडका आशा और भरौसा जगावमे सफल भेल अछि और यी सरकार एक लोकप्रिय सरकार बनल अछि ।
यी सन्देश जनजनमे जाओ कहल उद्देश्यके साथ गणतन्त्र दिवस २०७५ को पूर्व संध्याके शुभ अवसरमे प्रदेश सरकारके सय दिनके सफलताके प्रगति विवरण पेश करेके अवसरके रुपमे लेलेवानी । एक बेर फेरु से सबकेहुके गणतन्त्र दिवसके शुभकामना देवेक चाहेम ।
धन्यवाद
लालबाबु राउत
मुख्य मन्त्री
प्रदेश नं. २

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?