विश्वप्रकाश शर्माले २ बजे महामन्त्रीमा उम्मेदवारी दिने

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गर्दैछन् ।

आज दिउँसो २ बजे महामन्त्रीमा विश्वप्रकाश शर्माले मनोनयन दर्ता गर्न लागेका हुन् ।

दिउँसो २ बजे प्रदर्शनी मार्गस्थित वाल्मिकी क्याम्पसमा भेला भएर -यालीसहित मनोनयन गर्न लागेको उनी निकट स्रोतले जनाएको छ । संस्थापन पक्षमा सिटौला समूह समेत मिसिएपछि सो टिम वा अन्य कुन टिमबाट उम्मेदवारी दर्ता हुनेछ भन्ने टुंगो नलागेको स्रोतले जनाएको छ ।

सभापतिमा शेरबहादुर देउवालाई नै स्वीकार गरेर जाने भएपछि अन्य पदाधिकारीहरुको नामावली टुंग्याउन छलफल जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?