देउवा भेट्न बालुवाटार पुगे शशांक

लोकपथ
581
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ लागेका छन् ।

महाराजगन्जस्थित निवासबाट डा कोइराला बालुवाटारतर्फ लागेका हुन् ।

आफ्नो निवासमा पौडेल पक्षका नेताहरुको बैठक चलिरहेकै बेला कोइराला भने देउवालाई भेट्न भन्दै बालुवाटार निस्केका हुन् ।

कोइराला देउवा भेट्न हिँडे पनि उनको निवासमा मिनेन्द्र रिजाल, दिलेन्द्र प्रसाद बडु, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरु बैठकमा बसिरहेका छन् ।

आजै कोइरालालाई कांग्रेस नेता एनपी साउदले भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?