हालसम्म नेपालमा कतिजनाले लगाए कोरोनाविरुद्धको खोप ?

RSS
117
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको दुई लाख मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताए । उनका अनुसार दुई करोड दुई लाख ३४ हजार ८ सय २२ मात्रा खोप लगाइएको छ ।

तीमध्ये एक करोड १० लाख ६६ हजार ४ सय ६४ जनाले एक मात्रा र ९१ लाख ६८ हजार ३ सय ५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सबभन्दा बढी शुक्रबार खोप लगाएका छन् । उनका अनुसार तीन लाख २९ हजार ३ सय २१ जनाले खोप लगाएका छन् । सरकारले दैनिक दुई लाख जनालाई खोप उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सरकारले गत माघदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अहिले सबै नागरिकलाई सरकारले खरिद गरेर र कोभ्याक्समार्फत ल्याएका खोप लगाउँदैछ । यस्तै लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । नेपालमा एक करोड ९९ लाख २२ हजार १ सय ६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले दुई करोड ९४ लाख ५३ हजार ७ सय ३० मात्रा खोप आइपुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?