कांग्रेस महाविधेशन : रेसबाट बाहिरिए रामचन्द्र, शेखर र गगन एक टिममा

लोकपथ
2.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले आगामी १४औँ महाधिवेशनमा सभापतिको प्रतिष्पर्धाबाट बाहिरिएका छन् । साझा उम्मेदवार बनाउने प्रयास छिन्नभिन्न भएसँगै वरिष्ठ नेता पौडेल रेसबाट बाहिरिएका हुन् ।

संस्थापन इतरबाट प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आफ्नो अडान नछाडेपछि उक्त समूहमा विग्रहको स्थिती आएको छ । जसअनुसार सिंहले सुजाता कोइरालालाई उपसभापति दिएर सभापतिमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका छन् । भने यता डा. कोइराला (शेखर) ले गगन थापालाई महामन्त्रीमा अघि सारेर अघि बढ्ने देखिएको छ । भने रेसबाट बाहिरिएका रामचन्द्र र महामन्त्री शशांक कोइरालाको समर्थन कसलाई रहन्छ भन्ने खुलेको छैन ।

तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलालाई समेत टिममा मिलाएर गएको संस्थापन पक्षले भने पदाधिकारी टुंग्याउन लागि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?