शुष्मा स्वराजको विवादस्पद अभिव्यक्ति  : मोदीको जनकपुर सम्बोधन भारतीय नागरिकलाई !

भारतीय विदेशमन्त्री शुष्मा स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जनकपुरबाट भारतीय नागरिकलाई संबोधन गरेको दावी गरेकी छिन् ।

विदेश मन्त्रालयमा सोमवार आयोजित वाषिर्क पत्रकार सम्मेलनमा भारत सरकारको ४ वर्षको उपलब्धीसम्बन्धी पुस्तक विमोचन गर्दै उनले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं भारतीय समुदायलाई सम्बोधन गर्नु भारतीय कुटनीतिमा असाधारण सफलता रहेको बताएकी छन् ।

प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर संबोधन गर्ने नरेन्द्र मोदी पहिलो प्रधानमन्त्री बनेको स्वराजको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?