विरामीसँगको व्यवहार परिवर्तन गर : महानिरीक्षक खनाल

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत चिकित्सकहरुलाई विरामी प्रहरी तथा उनीहरुका आफन्तहरुप्रति गरिने ब्यवहारमा परिवर्तन ल्याउन निर्देशन दिएका छन् ।  
प्रहरी महानिरीक्षक नियुक्त भएको करीव तीन महिनापछि सोमवार अस्पतालको निरीक्षण भ्रमण गर्नु महाराजगञ्ज पुगेका खनालले उच्चतहका अधिकृत तथा हाकिमप्रति बढी चाँसो राख्ने तत्लोतहका कर्मचारीका विरामीलाई सामान्य रुपमा लिने कार्य तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।  

‘स्वास्थ्य उपचार सेवा आफैमा पवित्र कार्य हो, यसलाई तल्लो दर्जा–माथिल्लो दर्जा, हाकिम–फलोर्सको विभेदले नभइ उपचारमा सबैलाई समान ब्यवहार गर्नुपर्छ’ उनले भने– चिकित्सकको ब्यवहारमा सुधार नआएसम्म अस्पतालको उपचार सेवामा सुधार हँुदैन । 

नेपाल प्रहरीका वहाल तथा पूर्व कर्मचारी र उनका परिवारको स्वास्थ्य उपचारका लागि महत्वपूर्ण र संवेदनशील मानिएको प्रहरी अस्पताललाई साधन स्रोतले सम्पन्न र जनशक्तिको अधिकतम प्रयोग गरी उपचार सेवा विश्वसनिय बनाउनु पर्नेमा उनले जोड दिए ।

सो अवसरमा उहाँले डेण्टल, अर्थो, भिभिआइपी, सर्जरी वार्ड, ओपिडी लगायत विभिन्न विभाग तथा युनिटहरुको निरीक्षण गरेका थिए । कार्यक्रममा अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक दिनेशचन्द्र पोखरेलले अस्पतालको उपचार सेवाका विषयमा जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?