२० मङ्सिर २०८०, बुधबार

विज्ञान प्रयोगशाला उद्घाटनार्थ राष्ट्रपति जुम्ला आउदै

२०७४,आश्विन,२५,बुधबार ०४:४७

0
Shares

जुम्ला, २५ असोज ।चन्दननाथ माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनका लागि आज राष्ट्रपति विद्या भण्डारी जुम्ला आउँदै छिन ।उनी नेपाली सेनाको हेलिकोप्टरबाट ९ः३० बजे जुम्ला आइपुग्ने कार्यक्रम रहेको आयोजक चन्दनाथ मावि जुम्लाका प्रधानाध्यापक टंकबहादुर महतले जानकारी दिए ।राष्ट्रपति भण्डारी जुम्ला पुगेपछि शुरुमा चन्दननाथ भैरवनाथ बाबाको दर्शन गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक महतले बताए । त्यसपछि १०ः३० बजे राष्ट्रपति भण्डारीबाट यहाँको विज्ञान प्रयोगशालाको समुद्घाटन गर्ने कार्य तालिका छ, उनले भन्नुभयो ।राष्ट्रपति भण्डारीले हिमाली क्षेत्रमा स्थापित उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान (मारी) र त्यसअन्तर्गत गुठीचौर भेडाबाख्रा अनुसन्धान, बागवानी विकास अनुसन्धान र कृषि अनुसन्धान केन्द्र, विजयनगर, जुम्लाले हालसम्म गरेका गतिविधिको प्रदर्शनी अवलोकन गर्ने प्रतिष्ठान (मारी) का निर्देशक नेत्रहरि घिमिरेले जानकारी दिए ।राष्ट्रपति भण्डारी जुम्लामा आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिए । कार्यक्रम डेढघण्टा जतिमात्र हुने उनको भनाइ छ । 

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०४:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार