ओलीले बोलाए केन्द्रीय कमिटी भन्दा अघि सचिवालय बैठक

लोकपथ
84
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक सुरु हुनुअघि केन्द्रीय सचिवालयको बैठक बोलाएका छन् ।

ओलीको आफ्नो निजी निवास बालकोटमा ११ बजेका लागि बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव तयार पारिने तामाङले बताए  । आजको केन्द्रीय कमिटी बैठकमा १५ वटा प्रस्ताव लैजाने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?