‘शत्रु गते’ ले पल शाहलाई पछारेको हो र?

काठमाडौं । अभिनेता पल शाह केही समयअघिसम्म युवापुस्ताबीच लोकप्रिय नाम थियो । म्युजिक भिडियोबाट आएका उनी अहिले फिल्ममा भन्दा बढी म्युजिक भिडियोमै रमाइरहेका छन् ।
उनले अभिनय गरेको फिल्म ‘शत्रु गते’ मा उनी केन्द्रीय भूमिकामा थिए तर अभिनय भने फ्यानलाई चित्त बुझ्ने गरेनन् ।

साथै उनले घोषणा पनि गरे कि, अब केही महिना फिल्म नखेल्ने ।

भनेजस्तै उनी ‘शत्रु गते’ पछि फिल्म खेलेका छैनन् । उनको म्युजिक भिडियोका कारण त राम्रै चर्चा हुन्छ तर फिल्ममा उनी पछारिन्छन् । हल्लै हल्लाको भरमा उनले फिल्म ‘म यस्तो गीत गाउँछु’ लाई हिट बनाए । त्यस्तै फिल्म ‘शत्रु गते’ पनि चल्यो । यी बाहेक अरु फिल्ममा उनको खासै दम देखिएन । अझ अर्को कुरा त उनको अभिनयको कुनै फिल्ममा पनि तारिफ भएन । बरु डेब्रयु फिल्मले उनलार्इ तारिफ दिएकाे थियाे ।

म्युजिक भिडियोबाट तारिफ बटुल्ने यी मोडल तथा अभिनेता फिल्मबाट भने तारिफ पाउन चुकेका छन् । अझ ‘शत्रु गते’ ले त भएभरको तारिफ बोक्यो तर उनकै फ्यानले पनि पललाई खासै नोटिस गरेनन् ।

फिल्म वृत्तलाई हेर्ने हो भने ‘शत्रु गते’ ले उनलाई फाइदा पु–याएको छैन, बरु पछारेको छ । फाइदा पु–याएको छ । फिल्ममा खासै क्रेज बनाउन नसकेका पलले अबको फिल्म खेल्दा अझ बढी ख्याल गर्नुपर्ने देखिएको छ । शायद, उनले यो कुरा बुझेका पनि छन्, त्यसैले उनी फिल्ममा कम र म्युजिक भिडियोमा ज्यादा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?