कांग्रेसमा कुन पदमा कति जना निर्वाचित हुन्छन् ?

लोकपथ
245
Shares

कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निर्वाचनबाट १३४ जनाको पदाधिकारीसहितको केन्द्रीय कमिटी निर्वाचित हुनेछन् ।

कांग्रेसमा पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?