नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार राति भृकुटीमण्डपमा बन्दसत्र चलिरहेको छ। तर बन्दसत्रमा कुल प्रतिनिधिमध्ये एक तिहाइको पनि सहभागिता नरहेको एक प्रतिनिधिले जानकारी दिए ।
बन्दसत्र राति भएको तथा छलफलको एजेण्डा पनि खासै नभएकाले अधिकांश प्रतिनिधि घरतिर लागेका हुन् ।
यस्तै रामचन्द्र पौडेल पक्षधर नेताहरु पनि छुट्टै छलफलमा लागेका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपको हलमा आज राति करिब ९ बजेदेखि सुरु भएको छ । बन्द सत्र सुरु भएको र बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बन्द सत्रमा १४औँ महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्वन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत गरिएको प्रतिवेदन पेश गरिएको छ ।
पेश गरिएका प्रतिवेदनउपर छलफल गरी पारित गरिनेछ । यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया