निर्माता वाग्लेले फिल्मका लागि छपाएका नोट बजारमा भेटिन थाले

काठमाडाैं । फिल्म ‘लूट’ का निर्माता माधव वाग्लेले फिल्मका लागि छपाएको भनिएको नक्कली भएको राष्ट्र बैंकले प्रमाणित गरेकाे थियो । शुक्रवार प्रहरीले उक्त नक्कली नोट फर्पिङमा पनि भेटाएको जनाएको छ ।

गत जेठ २ निर्माता माधव वाग्लेसहित ६ जनालाई नक्कली नोट प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो । तीमध्ये केही नोटमा नक्कली लेखिएको थियो भने केही नोटमा केही पनि लेखिएको थिएन ।

महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएअनुसार हजारका दुई नोटसहित प्रहरीले एक युवकलाई पक्राउ गरिएको छ । एसएसपी विश्वराज पोखरेलले दिएको जानकारीअनुसार वाग्लेको समूहले छापेको नक्कली नोट बरामद गरिएको हाे ।

बजारमा अन्य नोटको पनि दुरुपयोग भएको हुनसक्ने भन्दै प्रहरीले सचेत हुन आग्रह गरेको छ । यता वाग्लेले भने आफूले जाली नोटमा फिल्म प्रयोजनका लागि भनेर लेख्न लगाएको तर केटाहरुले फसाएको बताएका छन् । अहिले निर्माता वाग्लेसहित पनि प्रहरीको थुनामा छन् ।

यदि नक्कली नोट प्रकरणमा दोषी ठहरिए कानून अनुसारको बिगो र दश वर्षसम्म कैद सजाय हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?