सर्वाधिक ८ पटकको च्याम्पियन मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा जित निकालेका छन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको खेलमा मनाङले ललितपुरे टोली फ्रेन्ड्स क्लबमाथि २–० को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको दिन आज विभागीय टोली त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई पनि समान २–० गोल अन्तरले पराजित गरेको हो । जितबाट मनाङले शीर्ष स्थानमा आतिथ्यता गर्दा विभागीय टोलीले जारी प्रतियोगितामा दोस्रो जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
लिगमा शनिबार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटी तथा दोस्रो खेल हिमालयन शेर्पा र साविक विजेता मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया