१४ औं महाधिवेशनको उद्घाटनसत्र सकिएसँगै नेपाली काँग्रेसको दुई समूह छुट्टाछुट्टै छलफलमा जुटेको छ ।
नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष छुट्टाछुट्टै छलफलमा जुटेको हो । नेताहरुका अनुसार पौडेल पक्षको बैठक राजधानीको बत्तीसपुतलीमा सुरु भएको छ । बैठकमा सभापतिका चारै आकांक्षीहरु पौडेलसहित प्रकाशमान सिंह, डा शेखर र शशांक कोइरालाको सहभागिता रहेको नेता गगन थापाले बताए ।
बैठकबाट आफूपक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न प्रयास हुनेछ । यस्तै पदाधिकारीका उम्मेदवार पनि टुंग्याइने छ ।
यसैबीच कृष्ण सिटौला समूह पनि छुट्टै आन्तरिक छलफलमा जुटेको छ । केन्द्रीय महाधिवेशनमा शेरबहादुर देउवासँग सहकार्य गर्ने रणनीतिमा रहेका सिटौला पार्टी महाधिवेशनको उद्घाटनसत्र सकिएसँगै आन्तरिक छलफलमा जुटेको हो ।
आफ्नो समूहबाट चुनावी प्रक्रियामा सहभागी हुने नेताहरुको नाम टुंगो लगाएर सिटौलाले देउवासँग फाइनल छलफल गर्ने सिटौला समूहका एक नेताले बताए । काँग्रेसको चुनावी प्रक्रिया भोलिदेखि सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया