९ माघ २०७८, आईतवार

गरीबी निवारण कोषबाट १० लाख घरधुरी लाभान्वित

२०७५,जेष्ठ,१४,सोमवार १२:३६

0
Shares

काठमाडौँ  – गरीबी निवारण कोषले हालसम्म ४० जिल्लामा सञ्चालन गरेका विभिन्न व्यावसायिक कार्यक्रमबाट नौ लाख ८४ हजार ४२१ घरधुरी लाभान्वित भएका छन् । 

आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षणमा ३१ पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी ४२५ सहकारी गठन गरिएको उल्लेख छ । गरीब तथा बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रममार्फत प्रतिव्यक्ति अधिकतम रु दुई लाखसम्म विनाधितो ऋण उपलब्ध गराइने व्यवस्था छ । अठार वर्षदेखि ५० वर्षसम्मका युवा वर्ग सो कार्यक्रमका लक्षित वर्ग हुन् ।

चालु आवको प्रथम आठ महीनामा सो कार्यक्रममार्फत रु पाँच अर्ब ८० करोड ६५ लाख लगानी भएकामा रु तीन अर्ब दुई करोड असुली भएको छ । युवा तथा स्वरोजगार कार्यक्रममार्फत ४४ हजार ८१० जना स्वरोजगार बनेका छन् । सोही अवधिमा १२ हजार ६२२ जनालाई अभिमुखीकरण र ६५८ जनालाई सीपमूलक तालीम प्रदान गरिएको छ ।

गरीबी मापनलाई यथार्थपरक बनाउन २६ जिल्लामा गरीब घर परिवार पहिचान सर्वेक्षण भएको छ । कूल १२ लाख २४ हजार ४१७ घरपरिवार विश्लेषण गरिएकामा तीन लाख ९१ हजार ८३१ घरपरिवार गरीबका रुपमा पहिचान भएका छन् ।  एक लाख ८८ हजार २३५ घरपरिवार अति गरीब र एक लाख १९ हजार ७४८ घरपरिवार मध्यम छन् । त्रियासी हजार ८४८ घरपरिवार सामान्य गरीबका रुपमा वर्गीकरण गरिएको छ । 

 कोषबाट लक्षित समुदायका आयमूलक, सामुदायिक पूर्वाधार विकास, नवीनतम र भूकम्पसम्बन्धी कार्यक्रम गरी पाँच हजार ४०१ परियोजना कार्यान्वयन गर्न सामुदायिक संस्थामार्फत रु २८ करोड पाँच लाख परिचालन भएको छ ।  गत आवमा १० हजार ९६९ परियोजना कार्यान्वयन गर्न रु एक अर्ब ८४ करोड ६१ लाख परिचालन गरिएकामा चालु आवको प्रथम आठ महिनामा रु १३ अर्ब ३३ करोड २१ लाख परिचालन भएको छ ।

देशमा रोजगारीको अवसर पर्याप्त नभएका कारण वैदेशिक रोजगारको आकर्षण बढेको पाइएको छ । हाल दैनिक करीब एक हजार युवा वैदेशिक रोजगारीका सिलसिलामा विदेशिने गरेका छन् ।  वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष कामदार १.५, अर्धदक्ष २४ र अदक्ष ७४.५ प्रतिशत छन् । पछिल्लो श्रमशक्ति सर्वेक्षणानुसार नेपालमा बेरोजगारी दर २.३ प्रतिशत र अर्धबेरोजगारी दर ३० प्रतिशत रहेको अनुमान गरिएको छ ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,१४,सोमवार १२:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४