देउवाले उद्घाटन समारोहको मञ्चबाटै मागे भोट

लोकपथ
208
Shares
k|d b]pjf clejfbg ub}{ sf7df8f}F, @# dlª;/ M k|wfgdGqL z]/axfb’/ b]pjf g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg sfo{qmddf g]tf tyf sfo{stf{x?nfO{ clejfbg ub}{ . t:jL/ M rG›snf If]qL÷/f;;

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहबाटै भोट मागेका छन् ।

शुक्रबार दिउँसो सुरु भएको उद्घाटन समारोहको सभापतित्व गरेका देउवाले समापन समारोहलाई सम्बोधन गर्दै पुनः नेतृत्वमा ल्याउन अपील गरे । आफूले कांग्रेसलाई थप सशक्त र जुझारु बनाउने भन्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले देशमा कम्युनिष्टको शासन आउन नदिनका लागि थप सशक्त रुपमा कांग्रेस आउनुपर्नेमा समेत जोड दिए ।

त्यस्तै यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई डर र त्रासमा राखेको आरोप लगाउँदै आफू सरकारको नेतृत्वमा आएदेखि सबै जनताले मुक्ति पाएको समेत जिकिर गरे ।

नेपाली कांग्रेसको १४आँै महाधिवेशन आजबाट सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनको आजै बन्द सत्र हुने र भोलि मनोनयन हुनेछ । भने मंसिर २७ गते निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?