काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकार आएसँगै देशले मुक्ति पाएको बताएका छन् ।
शुक्रबार पार्टीको १४औँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले सो कुरा बताएका हुन् ।
साथै यसअघिको ओली नेतृत्वको सरकारले जनतालाई डर र त्रासमा राखेको टिप्पणी गर्दै आफूले सरकारको नेतृत्व गरेपछि त्यसबाट देश मुक्त भएका बताए ।
‘मेरो सरकार आएको भोलिपल्ट सबैले मुक्ति पाए ।’ देउवाले भने, ‘ओलीको शासनपछि सबैले मुक्ति पाएको जस्तो गर्नुभयो ।’
त्यस्तै आफूले देशलाई समृद्धी र गाउँदेखि सहरसम्म विकासको लहर ल्याउने भन्दै आफूलाई जिताइदिन पनि आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया