नेतृत्वको आलोचना गर्दै रामचन्द्र पौडेलले भने : ‘अब समीक्षा गरौँ’

लोकपथ
260
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेनमा नीति र कार्यक्रममा छलफल नभएको र समयमा अधिवेशन गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् ।

१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले विधिका लागि मात्र अन्तिम समयमा आएर महाधिवेशन गर्दा प्रभावकारी नभएको भन्दै एमालेको चितवन महाधिवेशन जस्तो आफ्नो महाधिवेशन हुन नसकेको बताए ।

उनले पार्टीलाई सक्षम बनाउन तयारीका साथ जानुपर्नेमा त्यसो हुन नसकेको बताए । उनले देश गतिहीन र अवरुद्ध भएको भन्दै संसद चल्न नसकेको, सर्वोच्च अदालत अस्तव्यस्त भएको, सरकार गतिहीन भएको बताए ।

देशमा आएको परिवर्तन अनुसार कांग्रस अघि वढ्यो कि वढेन भनेर आत्मसमीक्षा र आत्ममूल्यांकन र आत्मसमीक्षा गर्ने बेला भएको भन्दै यो अधिवशेनमा यसको समीक्षा गर्नुपर्ने बताए ।
कांग्रेसको गौरवशाली इतिहास रहेको भन्दै उनले यतिवेला पार्टी बहुसंख्यक जनता पक्षमा हुनुपर्नेमा ३१ प्रतिशत भन्दा माथि समर्थन जुटाउन नसकेको भन्दै असन्तुष्टि जनाए ।

उनले निमुखा जनताले न्याय नपाएको भन्दै दलका पहुँच भएका सदस्यले मात्र न्याया पाएको भन्दै उनले अति दलबन्दीबाट देशलाई मुक्त गर्न जरुरी रहेको बताए ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र संस्थागत गरी समयमै काम गर्न जरुरी रहेको उनको भनाइ छ । पार्टीमा नैतिक शक्तिको उत्थान गर्न जरुरी रहेको भन्दै उनले पार्टीलाई विकृतिको अखडाबाट मुक्त गर्न सकेमात्र लोकतन्त्र सार्थक हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?