काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको नेग्लिजेन्सको कारण समयमा अधिवेशन हुन नसकेको बताएका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्र्दै वरिष्ठ नेता पौडेलले समयमा काम गर्न नसकेको बताए ।
‘हाम्रै नेल्जिेन्सको कारण अधिवेशन समयमा हुन सकेन । बेलामा काम गर्न नसकेका कारण महाधिवेशन समय हुन सकेन । ’
त्यस्तै भर्खरै महाधिवेशन गरेको नेकपा एमाले अझै पनि गाउँगाउँमा सशक्त रहेको बताउँदै नेपाली कांग्रेसको आगामी नेतृत्व विपक्षीसँग प्रतिष्पर्धी गर्न सक्ने बताए ।
‘प्रतिपक्षी दलको अवस्थामा गाउँमा देखिरहेका छौँ । हामीलाई त्यो हैसियतको पार्टी बनाउनु जरुरी छ । हरेक कुराहरुमा हामीले पार्टीलाई सक्रिय बनाउनुपर्नेछ ।’
त्यस्तै पार्टीको गति रोकिएको कारण देशमा समस्या परेको बताए । निमुखालाई न्याय नै कांग्रेसको समाजवाद भएको बताउँदै जनताले न्याय पाउने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया