अन्तर्राष्ट्रिय व्यापारमा थप अग्रताका लागि ओपोद्वारा वरिष्ठ नियुक्तिको घोषणा

काठमाडौं । वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपो, कलात्मक तथा नवप्रबर्तनात्मक प्रविधि सहितका उत्पादन पस्कने कम्पनीका रुपमा लोकप्रिय छ । ओपोले सोमबार, अन्तर्राष्ट्रिय व्यापारमा थप अग्रताका साथै यूवा प्रतिभा उत्थानको उद्देश्यका साथ नयाँ नेतृत्वको घोषणा गरेको छ । 

ओपोका उपाध्यक्ष तथा चाइना मार्केटिङ एण्ड सेल्सका भुतपूर्व इञ्चार्ज, एलेन वुलाई कम्पनीले अन्तर्राष्ट्रिय व्यापारको जिम्मेवारी सुम्पेको हो । एलेनले आफ्नो नयाँ भुमिकामा समग्र अन्तर्राष्ट्रिय अपरेशन्सका लागि नेतृत्वदायी भूमिका निभाउँदै चाइना भन्दा बाहिर ओपोको बृहत विकास र वृद्धिका लागि काम गर्ने छन् । उनले ओपोका प्रमुख कार्यकारी अधिकृत टोनी शेनलाई रिपोर्ट गर्नेछन् । 
‘अन्तर्राष्ट्रिय व्यापारले रणनीतिक भूमिका खेल्दछ र ओपोमा यसलाई निकै महत्व दिइन्छ । साथै, हामी युवा प्रतिभा उत्थान र ओपो मातहत पदोन्नतीका लागि प्रतिबद्ध छौँ’, टोनी शेनले भने ‘मार्केटिङ क्षेत्रको विशिष्ट अनुभव संगालेका एलेन उपभोक्ता अन्तर्दृष्टि सम्बन्धि विशेष दखल राख्छन् । ओपोका लागि भविष्यमापनि उनको उल्लेख्य योगदान रहनेमा हामी विश्वस्त छौँ ।’

सन् २००६ देखि ओपोसँग आवद्ध एलेन वु डिस्ट्रिब्यूटर नेटवर्क कन्स्ट्रक्सन एण्ड मोबाइल प्रडक्ट मार्केटिङका इञ्चार्ज समेत रहेका थिए । उनी चाइना मार्केटिङ एण्ड सेल्सको इञ्चार्ज रहँदा ओपो चीनको उत्कृष्ट स्मार्टफोन ब्राण्ड मध्य एकका रुपमा स्थापित हुनुका साथै विक्री प्रदर्शनीका साथै ब्राण्ड बिल्डिङमा समेत कम्पनीले उल्लेख्य सफलता हात पारेको थियो । उनलाई प्रदान गरिएको नयाँ भुमिकामा एलेनले वैश्विक स्मार्टफोन ब्राण्ड मध्य अग्रणी ब्राण्डका रुपमा ओपोको स्थान सुदृढ बनाउँदै लैजाने, नयाँ बजार प्रवेश तथा विद्यमान अन्तर्राष्ट्रिय व्यापारमा थप विकास तथा सुधार गर्ने छन् ।

त्यसैगरी ओपो सह उपाध्यक्ष, ओपो इन्डिया अध्यक्षका रुपमा चाल्र्स वोङ्लाई नियुक्त गरिएको छ । उनले एलेन वुलाई रिपोर्ट गर्नेछन् । कम्पनीको वृद्धि योजना र भारतीय बजारमा ओपोले लिइरहेको गतिका आधारमा उनले नियुक्ति लिएका हुन् । चाल्र्सले मार्केटिङ एण्ड सेल्स क्षेत्रमा करिव २ दशकको अनुभव संगालेका छन् । भारतमा ओपोको विस्तारलाई दिशा दिइ बजारमा अग्रणी बन्ने कम्पनीको लक्ष्य पूरा गर्न उनले योजना बनाउनुका सार्थ सिपको प्रयोग गर्ने जानकारी दिइएको छ । 

नियुक्तिका बारेमा बोल्दै चाल्र्स वोङले भने ‘ओपो इन्डिया टिमसँग महत्वपूर्ण मोडमा जोडिन पाउँदा म निकै उत्साहित छु । ओपोसँगको आवद्धताले मलाई ब्यवसाय, यसका चुनौति र परम्पराका बारेमा राम्रो ज्ञान दिएको छ । भारतीय मोबाइल बजार तिब्र गतिमा विस्तार भइरहेको छ । उपभोक्तालाई उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्दै बजारमा ब्राण्डको उपस्थितिलाई थप मजबुत बनाउँदै लैजानु मेरो उद्देश्य हुनेछ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?