काठमाडौं । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुंगेललाई आममाफी नदिन माग गर्दै अधिकारकर्मी तथा द्वन्द्वपीडितहरुले प्रधानमन्त्रीको निवास बालुवाटारमा विरोध प्रदर्शन गरेका छन् ।
सरकारले यही जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा ढुंगेलसहित ८ सय ४० जना कैदीलाई आममाफी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ ।
राष्ट्रपति सामु सिफारिस गरिएको सूचीमा ढुंगेलको पनि नाम रहेको भन्दै अधिकारकर्मी तथा द्वन्द्वपीडितहरुले विरोध गर्दै आएका छन् ।
हत्या गरिएका उज्जनकी दिदी समेत रहेकी सावित्री श्रेष्ठले भने, यदि सरकारले ढुंगेललाई आम माफी दिए आफूहरु न्यायको लागि अन्तर्राष्ट्रिय अदालत जान बाध्य हुने बताइन् । उनले सरकार सर्वोच्चको आदेश विपरीत जान खोजेको भन्दै आक्रोश व्यक्त गरिन् ।
द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको प्रमाणको आधारमा ढुंगेल सर्वोच्च अदालतको आदेश अनुसार सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया