आन्तरिक गुटबन्दीले कांग्रेस हार्यो : महत

कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस पराजित हुनमा एमाले र माओवादी गठबन्धन मुल कारण भएको बताएका छन् ।

नेपाल तरुण दल रसुवाले आइतबार धुन्चेमा गरेको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी भित्र रहेको आन्तरिक गुटबन्दी तथा कांग्रेसले गरेको प्रचार शैली पनि फितलो भएको बताए । 
नेकपा एक भए पनि अबको ५ वर्षमा पराजित गरेर कांग्रेसले बहुमतसहितको सरकार चलाउने पनि महतले दाबी गरे । 
जनताको काम गर्ने पार्टी कांग्रेस मात्र भएको दाबी गर्दै नेता महतले प्रधानमन्त्रीले जनतालाई सपना बाँडेर बुद्धि भुट्ने काममात्र गरेको आरोप लगाए ।

कार्यक्रम तरुण दल रसुवाका जिल्ला अध्यक्ष दिलबहादुर मोक्तानको सभापतित्वमा सम्पन्न भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?