गृहमन्त्री बादलले तयार पारे ४ सय जना गुन्डाको लिस्ट, यस्तो छ इन्काउन्टरको तयारी !

तपाई रातारात धनि बन्ने चाहानाले मिटर व्याजमा पैसा लगाउने धन्दामा सामेल हुन खोजिरहनु भएको छ ? साबधान ! 
सरकारले मिटर व्यजमा पैसा लगाएर मालामाल हुने धन्दामा संलग्न साना ठूला सबै व्यवसायीलाई ‘अन द स्पट कारबाही थालिसकेको छ । यसका लागि सरकारले निगरानी गरिरहेको छ । अब पनि यस्ता धन्दा नरोके सिधै ईन्काउन्टरमा पार्ने वा तपाईको सबै सम्पत्ति सरकारले जफत गरेर सिधै जेल चलान गरिदिनेछ । 

पिडितहरुले यसो गरौँ 
मिटर व्याजको समस्याले कोही व्यक्ति पीडित हुनुहुन्छ भने सिधै तपाई आफू ठगिएको वा समस्यामा परेको बलियो प्रमाण सहित सिधै गृहमन्त्रालय वा संवन्धित प्रहरी मुख्यालयमा जानुहोस् । तपाईको समस्या तत्कालै सरकारले सम्वोधन गरिदिने छ । 

सिंहदरबारबाट सिंहकै भूमिकामा देखिएका गृहमन्त्री रामबहादुर थापा बादलको सिधा च्याम्वरबाट उनकै निर्देशनमा नै अहिले मिटर व्याजमा पैसा लगाउनेहरुको लिस्ट तयार भएको छ । स्रोतका अनुसार प्राप्त भएका केहि लिस्टका आधारमा ठूला मिटर व्याजी व्यवसायीहरुलाई अन द स्पट कारवाही पनि थालिसकिएको छ ।

सिंहदरबारबाट सिंहकै भूमिकामा देखिएका गृहमन्त्री रामबहादुर थापा बादलको सिधा च्याम्वरबाट उनकै निर्देशनमा नै अहिले मिटर व्याजमा पैसा लगाउनेहरुको लिस्ट तयार भएको छ । स्रोतका अनुसार प्राप्त भएका केहि लिस्टका आधारमा ठूला मिटर व्याजी व्यवसायीहरुलाई अन द स्पट कारवाही पनि थालिसकिएको छ । खासगरी प्रहरीलाई नै मिटर व्याजका धन्दावालहरुकहाँ सिभिल पोशाकमा ग्राहक बनाएर पठाउदै सबै विवरण लिने र पक्रने तथा पीडितहरुको लगत लिने र सरकारका सबै अंग परिचालन गरेर मिटर व्याजीहरुलाई तह लगाउन गृहमन्त्रालय लागिपरेको छ । 
गृहमन्त्रीमा राम बहादुर थापा बादलको नियुक्त भएपछि मुलुकभर गुण्डागर्दी गर्ने, भ्रष्टाचारी र मिटर व्याजका धन्दामा लिप्त भएकाहरु अतालिएका छन् । 
यातयातमा देखिएको सिन्डिकेट पूर्णरुपमा हटाएसँगै गृहमन्त्रालय मेनपावर क्षेत्रमा समस्या हटाउन लागि परेका छन् । त्यस्तै थापाकै निर्देशनमा समयमा काम नगर्ने ठेकेदारलाई समेत पक्राउ गरी मुद्दा चलाउन थालिएको छ ।

 

जबरजस्ती चन्दा असुली, अवैध धन्दा र गुण्डागर्दीमा संलग्नहरुको लामो सूची छ । करीव ४ सयको संख्यामा पाएका छौँ,’ गृहमन्त्रालयका एक अधिकारीले भने, ‘सबै ‘फाइनल’ भइसकेको छ । अब काम शुरु गर्न मात्रै बाँकी छ ।’ स्रोतका अनुसार १० जना गुण्डालाई इन्काउन्टर गर्ने योजना बनेको छ । ‘हत्या, काटमार र असुली धन्दामा लागेका १० जनाको इन्काउन्टर गर्न गृह मन्त्रालयले ‘स्पेशल टास्कफोर्स’ तयार गरेको छ,’ स्रोतले भन्यो, ‘हाम्रो फोर्स अब छिटै ‘मुभ’ हुनेछ ।’

सबै ‘फाइनल’
सिंहदरबारबाट सिंहकै भूमिकामा देखिएका बादलको निर्देशनमा गुण्डाहरुको लिस्ट तयार भएको छ । गृहमन्त्रालय स्रोतका अनुसार झण्डै ४ सय गुण्डाको लिस्ट तयार भएको छ ।
‘ग्रेड छुट्याएर हामीले गुण्डाहरुको लिस्ट तयार पारेका छौँ । जबरजस्ती चन्दा असुली, अवैध धन्दा र गुण्डागर्दीमा संलग्नहरुको लामो सूची छ । करीव ४ सयको संख्यामा पाएका छौँ,’ गृहमन्त्रालयका एक अधिकारीले भने, ‘सबै ‘फाइनल’ भइसकेको छ । अब काम शुरु गर्न मात्रै बाँकी छ ।’
स्रोतका अनुसार १० जना गुण्डालाई इन्काउन्टर गर्ने योजना बनेको छ । ‘हत्या, काटमार र असुली धन्दामा लागेका १० जनाको इन्काउन्टर गर्न गृह मन्त्रालयले ‘स्पेशल टास्कफोर्स’ तयार गरेको छ,’ स्रोतले भन्यो, ‘हाम्रो फोर्स अब छिटै ‘मुभ’ हुनेछ ।’
चर्चित गुण्डाको इन्काउन्टर गरेर चर्चामा आएका नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल गृहमन्त्रीको योजनामा काँधमा काँध मिलाउन लागि परेका छन् । यसअघि यातायात व्यावसायीको सिन्डिकेट हटाउन खनालले गरेको सहयोगबाट गृहमन्त्री थापा निकै प्रभावित छन् । ‘उहाँले सिन्डिकेट हटाउनका लागि दिनभर गृहमन्त्रालयबाटै गृहमन्त्रीको आदेशलाई शिरोपर गर्दै सहयोग गर्नु भएको थियो, स्रोतले भन्यो, ‘टोले गुण्डाहरुको सफाय गर्ने अभियान थाल्ने व्यक्ति उनी नै हो । अहिले गृहमन्त्री र आइजीपीको ‘स्पीड’ मिलेको छ ।’

गृहमन्त्री बादल भाषण कम र एक्सन बढी गर्ने अहिलेसम्मकै कामकाजी गृहमन्त्रीका रुपमा ‘पपुलर’ हुँदै आएका छन् । वर्तमान सरकारमा गृहमन्त्री बादलका हर कदमले प्रधानमन्त्री ओली सरकारकै ईज्जत धानिदिएको र जनताबाट गृहमन्त्रीको कामले वाहीवाही पाईरहेकाले अब नागरिकका लागि सुखद् कुरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?