कांग्रेस महाधिवेशन : थारु पोषाक, देउडासँगै नाराबाजी गर्दै मत माग्दै

लोकपथ
861
Shares

काठमाडौं । कैलाली क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधी हुन् रामजनम चौधरी । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका चौधरी २०७४ सालको प्रतिनिधी सभाको निर्वाचनमा पराजित भएपछि गाउँमै थारु फुडल्याण्ड सञ्चालन गरेर बसेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु भएसंगै उनी पार्टीको सह–महामन्त्रीका आंकाक्षी छन । शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन सत्र चलिरहेको थियो । उनका लागि मत माग्न थारु पोषाकमा सडक छेउमै शरिरमा पम्पलेट टाँगेर बसेका थिए उनका शुभचिन्तकहरु ।

लेहङ्गा चोलीमा उभिएका थारु युवतीहरु भन्दै थिए –‘रामजनम चौधरीलाई मतदान गरी विजयी गराईदिनुहोस ।’ काठमाडौंमा मुस्किलले देखिने यो पोषाकमा त्यहाँ सहभागि भएका व्यक्तिहरु सेल्फी खिच्न पनि झम्मिरहेका थिए ।

सुदूरपश्चिम प्रदेशकै मौलिकता मानिन्छ डेउडा । डडेल्धुराबाट सहभागि भएका महिला तथा पुरुषहरु सडकमै देउडामार्फत वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको लागि मत मागिरहेका थिए । ‘अबको सभापति देउवा हुन । उहा“को विकल्प पार्टीमा छैन’ भन्दै देउडा घन्काइरहेका थिए ।

शुक्रबारदेखि शुरु भएको का“ग्रेसको महाधिवेशनमा मत माग्ने शान्तिपूर्वक संगै अराजकता पनि देखिएको थियो । सुदूरपश्चिम प्रदेशकै नेपाल विद्यार्थी संघका पूर्व सभापति नैनसिंह महरा शुभचिन्तकहरु आयोजना स्थलमै नाराबाजी गर्दै उनका लागि मत मागिरहेका थिए । केन्द्रिय सदस्यका आँकाक्षी महर विद्यार्थीहरुको अगाडि हिड्दै थिए भने पछाडी विद्यार्थीहरु नाराबाजी गर्दै मत मागिरहेका थिए ।

नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावल पनि भृकुटीमण्डपमा प्रतिनिधिसँग भोट माग्नमै व्यस्त थिए । संस्कार, विचार, आदर्श र अनुभव बोकेको रुपान्तरित नेपाली कांग्रेस नामक पुस्तिकासहित मतदातामाझ भेटघाट गरेका थिए । कांग्रेसको महाअधिवेशनमा केन्द्रीय सदस्य (प्रदेश) पदको उम्मेदवारी घोषणा गरेसँगै उनी प्रचारप्रसारमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?