१२ माघ २०७८, बुधबार

डडेल्धुराको अमरगढीमा २६१ बालबालिका कुपोेषित

२०७५,जेष्ठ,१४,सोमवार ०९:१५

0
Shares

डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिकामा नै २६२ बालबालिकामा कुपोषण भेटिएको छ । अमरगढी नगरपालिकामा रहेका पाँच वर्षमुनिका दुई हजार चारजना बालबालिकालाई परीक्षण गर्दा उक्त ठूलो संख्यामा कुपोषण भेटिएको हो । 

दुई हजार ४०० बालबालिकालाई जाँच गर्दा २६१ मा कुपोषण भेटिएको हो । जसमध्ये २६ जना बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको जनाएका छन् भने २३५ बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको अमरगढी स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरुले जानकारी दिए । 

अमरगढी नगरपालिकाभित्र छ वटा स्वास्थ्य संस्थाले काम गरिरहेका छन् । उनीहरुले दिएको मासिक प्रतिवेदनअनुसार २६ जना अर्थात् एक प्रतिशत बालबालिकामा कडा र २३५ अर्थात् १२ प्रतिशत बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको स्वास्थ्य प्रमुख पनेरुले जानकारी गराए । 

वर्षौंदेखि सरकारी गैरसरकारी संस्थाले बालबालिका र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका भए पनि नगरपालिकाभित्र नै कुपोषित बच्चाको तथ्याङ्क सार्वजनिक हुनुले उनीहरुको कार्यमा प्रश्न खडा भएको सर्वसाधारणको बुझाइ छ । 

बालबालिकाको कुपोषण जाँच गर्दा पाखुरामा नापिने फितामा तीनवटा रङ रहेका हुन्छन् जसमा पहेलो, हरियो र रातो रङले क्रमशः मन्द, सामान्य र कडा कुपोषणका रुपहरु निर्धारण गर्छ । 

कुपोषित बालबालिकाहरु उमेरअनुसार तौल र उचाइ पनि नबढ्ने होचा र पुड्का हुनाका साथै गर्भवती महिलामा रक्तअल्पताका कारणले समेत बालबालिकामा कुपोषणको समस्या देखिने जनाएको छ । 

साथै बच्चा जन्मेको छ महिनासम्म आमाको दूधमात्रै खुवाउनु पर्ने उपक्षेत्रीय अस्पताल डडेल्धुराका स्वास्थ्यकर्मीहरु बताउँछन् । आमाको दूध खान नपाएर पनि धेरै बालबालिका कुपोषित भएका हुन्छन् । बच्चाका लागि अभिभावकले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । एउटा बच्चाले कत्तिमा पनि दुई वर्षसम्म आमाको दूध खान पाउनुपर्ने हुन्छ । 

विभिन्न रोगका कारणले पनि बालबालिका कुपोषित हुने गरेको तथ्याङ्कले जनाएको छ । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पनि कुपोषित बच्चाको उपचारका लागि कुपोषण गृह निर्माण गरी उपचारको थालनी गरिएको छ । कुपोषित भएको शंका लाग्नेबित्तिकै समयमै उपचार गराए कुपोषण घटाउन सकिने उनी बताउँछन् । 
 

प्रकाशित मिति: २०७५,जेष्ठ,१४,सोमवार ०९:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व

काठमाडौं । धनियाँ प्रायः नेपाली भान्सामा प्रयोग गरिन्छ। धनियाँको स्वाद र सुगन्ध धेरै तरिकामा प्रयोग गरिन्छ। यदि तपाईँ धनियाँको पातको

काठमाडौं । तपाई कति घण्टा सुत्नुहुन्छ ? मानिसको उमेर, शारीरिक अवस्था, मानसिक स्थिती अनुसार निन्द्रा तलमाथी हुनसक्छ । तर विशेषज्ञले

खानेकुरा मिठो लाग्ने, खाएको खानेकुरा राम्ररी पच्ने, घाम ताप्न पाइने, तात्तातो चिया, कफी र सुप खान पाउने भएर धेरैलाई जाडो

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४