लिङ्देनप्रति ओलीको कटाक्ष : ‘भर्खर–भर्खरको बाच्छो हिँड्न जान्दैन कुद्छ’

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताहरुले भनेजस्तो नेताहरु नबिग्रिएको टिप्पणी गरेका छन् ।

आज (शुक्रबार) कांग्रेसको १४औँ महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै धेरै नबोल्ने भन्दै सो कुरा बताएका हुन् ।

पूर्ववक्ता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुलाई कुकुर भन्ने दिन आएको टिप्पणी गरेका थिए । सो कुरालाई खण्डन गर्दै ओलीले भर्खर–भर्खर आएका राप्रपा अध्यक्ष चिप्लिएको टिप्पणी गरे ।

‘भर्खर–भर्खरको बाच्छो हिँड्न जान्दैन कुद्छ’, ओलीले भने ।

त्यस्तै नेपालमा केही भएन भन्नेहरुप्रति कटाक्ष गरेका छन् । नेपालमा नयाँ नयाँ परिवर्तन आएको बताउँदै ती भनाइप्रति कटाक्ष गरे ।

त्यसैगरी नेकपा एमाले सधैँ कांग्रेसको साथमा रहेको बताए ।

‘नेपाली कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ’, ओलीले भने ।

ओलीले आफ्नो त्यो गौरवपूर्ण इतिहास सम्झिएर अघि बढ्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?