राजावादीलाई माधव नेपालको चेतावनी– ‘नेपालमा राजतन्त्रको कुनै भविष्य छैन’

लोकपथ
98
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (एस)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य छैन भन्दै राजावादीलाई चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्दै नेपालले उक्त चेतावनी दिएका हुन् ।

शुक्रबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा मन्तव्य राख्दै उनले भने, ‘प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु, फेरि पनि दुस्साह नगर्नू । नेपालमा राजतन्त्रको कुनै भविष्य छैन । नेपाली जनता फेरि ज्वालामुखीझैँ मेचीदेखि महाकालीसम्म उर्लनेछन् ।’

राजालाइ पनि बरू पार्टी खाेलेर राजनीति गर्न थाले हुन्छ भन्दै उनले थपे, ‘राजाले पनि पार्टी खोले हुन्छ । व्यापार गरे हुन्छ । नेपालको रक्षा हामी नेपालीले गर्न सक्नेछौँ । राष्ट्रियताको रक्षा हामी गर्न सक्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?