काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । उनले विगतमा ओलीले रातिमा संसद विघटन गरेको भन्दै व्यंग्य गरेका छन् ।
‘सयौँ अध्यादेशहरु छन् कानुन बनाइँदैन। प्रतिपक्षी अवरोध गरिरहन्छ । सुरु भयो अवरोध हुने हो कि । सरकार भनेको देशको अभिभावक हो । देश र जनताको हित रक्षा गर्नुपर्छ । शान्ति र स्थिरतालाई देख्दैनन् भने सरकार कति गतिलो भयो भन्ने प्रश्न उठेको छ । संसदीय व्यवस्थामा सत्तापक्षले हिजैदेखि भागबण्डा गरेर सरकार चलाउँथ्यो । न्यायपालिका समेत भागबण्डामा फसेको छ भने त्यो कसरी हुन्छ । यो व्यवस्था हामीले तेस्रो पटक ल्यौँ ।’ उनले भने ।
त्यस्तै नेपालमा धेरै व्यवस्था परिवर्तन भएपनि अवस्थामा परिवर्तन नआएको भन्दै प्रश्न समेत गरे । यसैगरी नेपालमा बाह्य प्रभावहरु बढेको समेत आरोप लगाए । प्रजातन्त्र, गणतन्त्र आए पनि नेपालमा बाह्य हस्तक्षेप नबदलिएको बताए ।
‘व्यवस्थामा परिवर्तन भएन अवस्थामा भएन । ठूलो प्रश्न छ । बीपीलगायतको अगुवाइमा प्रजातान्त्रिकरण सुरुवात भयो । अवाञ्छित बाह्य प्रवाहहरु पनि आयो । प्रजातन्त्र गणतन्त्र आयो तर बाध्य हस्तक्षेप बदलिएन ।’उनले भने, ‘हिजो भन्दा आज हामी अझ तटस्थ हुनुपर्ने छ । सहयोग अससंलग्नताको मूल्यमा होइन । हिजोको द्वन्द्वमा भन्दा बढी नोक्सानी बेहोर्नुपर्छ । ७ मा प्रजातन्त्र ल्यायौँ दुर्घटनामा पग्यो । राति संसद विघटन गरिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया