दुर्इ नम्बर प्रदेश : राजनीतिक अग्राधिकारको नारा लगाउने, ५९ प्रतिशत बच्चालार्इ स्कूल नपठाउने

जनकपुर : मधेश स्वायत्तताकाे नाममा दुर्इ नम्बर प्रदेशमा बारम्बार अान्दोलन हुन्छ, जनताकाे रगत बग्छ । मधेश थिचोमिचोमा परेकाले अग्राधिकार चाहिने भन्दै गरिएका अान्दोलनमा सैयाैंले ज्यान गुमाएका छन् । 

तर, राजनीतिक मुद्दा र अान्दोलनमा निकै अघि देखिएपनि यो प्रदेशका ६९ प्रतिशत बालबालिकालार्इ अभिभावकले विद्यालय पठाउँदैनन्, जुन दर नेपालका अन्य प्रदेशको तुलनामा सबैभन्दा बढि हो । राष्ट्रिय जनता पार्टी र फोरमजस्ता क्षेत्रीय राजनीतिक पार्टीहरुको गठनको केन्द्रबिन्दु र प्रादेशिक सरकार समेत रहेको यो प्रदेशका मानिस अन्य प्रदेशको भन्दा कम शिक्षित देखिएका छन ।

प्रदेश नम्बरमा दुईमा कर्णाली प्रदेशको भन्दा पनि बढि संख्यामा छ, तर यो प्रदेशमा जम्माजम्मी ४०.९ प्रतिशत मानिस मात्रै अक्षर चिन्न सक्ने अर्थात साक्षर रहेको सरकारी तथ्यांकमा उल्लेख छ । अन्य प्रदेशमा कक्षा १ देखि ८ सम्मको खुद भर्नादर ९० प्रतिशतभन्दा बढि छ, तर २ नम्बर प्रदेशमा चाहिँ ७९.२ प्रतिशत बालबालिकालाई मात्र विद्यालय भर्ना गरिएको देखिएको छ ।

सरकारले अार्इतबार सार्वजनिक गरेको चालु अार्थिक बर्षको पहिलो अार्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार सामाजिक र अार्थिक परिसूचकहरूमा प्रदेश नम्बर दुर्इ विकट कर्णाली प्रदेशभन्दा पनि पछाडि परेको छ । कुनै समय नेपालकै विकसित जिल्लाहरूमा गनिने याे प्रदेशको अवन्नतिको प्रमुख कारण तारान्तारको पृथकतावादी राजनीतिक अान्दोलन रहेकाे जानकारहरू बताउँछन् । हालपनि मधेशलार्इ नेपालबाट अलग गरेर छुट्टै देश बनाउनुपर्ने माग राख्नेहरूले मधेशमा छिटपुट अराजकता मच्चार्इरहेका छन् ।

जनसंख्याका हिसाबले प्रदेश नं. २ दोस्रो ठूलो प्रदेश हो । यो प्रदेशमा नेपालको कूल जनसंख्याको २०.९ प्रतिशत मानिस बसोबास गर्छन । कूल खेतीयोग्य जमिनमध्ये ८९.९ प्रतिशतमा खेती गरिन्छ । सिंचित क्षेत्रफल पनि यहि प्रदेशमा बढि छ ।

तर, बारम्बारको आन्दोलन र व्यापक आर्थिक अनियमितताका कारण यो प्रदेशमा सडक पूर्वाधार विकासको स्थिती नाजुक छ । भौगोलिक हिसाबले समथर जमिन धेरै भएकाले सडक विस्तार गर्न खास समस्या र लागत नलाग्ने भएपनि राजनीतिक अस्थिरताका कारण सडक विस्तारको आंकडामा चौथो स्थानमा छ । १ नम्बर प्रदेशमा ११ हजार ८ सय ९९ किलोमिटर सडक विस्तार भएको छ, तर सँगैको दुई नम्बरमा जम्मा ५ हजार ६ सय ९५ किलोमिटर स्थानीय सडक विस्तार भएको सरकारको आंकडामा उल्लेख छ । पहाडले भरिएको प्रदेश नम्बर ४ मा १४ हजार ९ सय किलोमिटर सडक विस्तार भईसकेको सरकारले दाबी गरेको छ । 

मानव विकास सूचकांकमा पनि २ नम्बर प्रदेश सबैभन्दा कमजोर देखिएको छ । प्रदेश ७ (साविकको सुदुरपश्चिम विकास क्षेत्र) को मानव विकास सूचकांश ०.४३१ छ, तर प्रदेश नम्बर दुईको चाहिँ सवैभन्दा कमजोर अर्थात ०.४२१ मात्र छ । 

औषत आयुका हिसाबले २ नम्बर प्रदेशकै नागरिक भाग्यमानी देखिन्छन । यहाँका नागरिकको आयु ७० बर्ष ३ महिना कायम भएको छ । तर, बहुआयामिक गरिबी कर्णालीपछि यही प्रदेशमा बढि छ । कर्णालीका ५१.२ प्रतिशत नागरिक बहुआयामिक गरिबीको चपेटामा छन भने प्रदेश नम्बर दुईका ४७.९ प्रतिशत नागरिक गरिबीको दुश्चक्रमा पिल्सिरहेको पाईएको छ । 

कृषियोग्य भूमी र अरु प्रदेशका तुलनामा सिंचाई सुविधा भएपनि २ नम्बर प्रदेशमै आधारभूत खाद्यन्न उपलब्धता कमजोर छ । यो प्रदेशमा १ लाख ११ हजार ८ सय मेट्रिक टन खाद्यन्न अभाव रहेको देखिएको छ । देशभर औषतमा ७१ हजार टन खाद्यन्न अपुग रहेको तथ्यांक छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?