काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशमा भारतीय जनता पार्टीका प्रतिनिधि हर्षवर्द्धनले शुभकामना दिएका छन् । भृकुटीमण्डपमा भइरहेको उद्घाटसत्रमा बोल्दै उनले कांग्रेसलाई शुभकामना दिएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘नरेन्द्र मोदी र भारतीय जनता पार्टीको तर्फबाट हृदयको गहिराइबाट शुभकामना दिन चाहन्छु ।’
उनले नेपालको राजनीतिक संस्कारका बारेमा प्रशंसा गर्दै भने, ‘मैले दुनियाँमा यस्तो संस्कार कहीँ देखेको छैन, देशका सबै ठूला दलका प्रतिनिधिहरुले एकै ठाउँमा जम्मा भएर अर्को पार्टीकाे सफलताका लागि शुभकामना दिएको कहीँ देखेको छैन ।’
उनले थपे, ‘प्रधानमन्त्रीजस्तो ठूलो पदमा रहेर समेत शेरबहादुुर देउवा नेकपा एमालेलाई शुभकामना दिनको लागि दुई–तीन घण्टाको यात्रा गरेर कार्यक्रमस्थल पुग्नुभयो, यो सबैभन्दा ठूलो राजनीतिक संस्कार हो ।’
यस्तो किसिमको संस्कार संसारमा कहीँ पनि नदेखेको र नरहेको उनको भनाइ थियो ।
उनले नेपाल र भारतबीचको गहिरो सम्बन्ध रहेको भन्दै एकातिर समस्या पर्दा अर्कोतिर पीडा हुने बताए । सन् २०१५ मा नेपालमा भूकम्प आउँदा भारतीय जनतालाई पनि पीडा भएको उनले बताए।
उनले नेपाल र भारतबीचको सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझै मजबुत बनाउनुपर्ने कुरामा जाेड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया