रुस र भारत  संयुक्तरूपमा सय सिइओको सम्मेलन गर्ने

एजेन्सी : भारत र रुसले संयुक्तरूपमा विश्वका शीर्ष सय प्रमुख कार्यकारीहरूको आर्थिक शिखर सम्मेलनको योजना बनाइरहेका छन् ।

यसबारे भारतका उद्योग तथा वाणिज्य मन्त्री सुरेश प्रभुले आफ्नो रुस भ्रमणका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेका छन् ।

उनीहरूले यसको आयोजना कुनै तेस्रो देशमा गर्ने बारे छलफल गरिरहेकोछन् । त्यो आर्थिश शिखर सम्मेलनमा विश्वका ठूला कम्पनीका शीर्ष टप सिइओलाई बोलाएर विभिन्न विषयमा छलफल गराउने योजना रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?