काठमाडौं । नेपाली कांग्रेस महाधिवेशनकाे उद्घाटन समाराेह भइरहेकाे छ । काठमाडौको भृकुटीमण्डमा अहिले कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन पाहुना जाने क्रम सुरू भइसकेको छ ।
सो क्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु भृकुटीमण्डप पुगेका छन् ।
त्यसैगरी भारतलगायतका देशबाट आएका अतिथिहरु समेत महाधिवेशन उद्घाटस्थल आइपुगेका छन् ।
त्यस्तै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भने पुग्दैछन् ।
दिउँसो १ बजे सुरु हुने भनिए पनि सो समयबाट सांस्कृति कार्यक्रम सुरु गरेर औपचारिक रुपमा भने उद्घाटन भने गरिएको छैन । अहिले कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरिएको छ । साथै विभिन्न जातजातिको झाँक्री प्रस्तुत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया