कांग्रेसको महाधिवेशन उद्घाटनका लागि पुगे ओली

लोकपथ
133
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटनस्थल पुगेका छन् ।

ओली कांग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेका हुन् । अस्वस्थ भएपछि ओली आउने नआउनेमा अन्योलता भए पनि ओली उद्घाटनमा जाने भएका हुन् ।

सो क्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु भृकुटीमण्डप पुगेका छन् । भने भारत लगायतका देशबाट आएका अतिथिहरु समेत महाधिवेशन उद्घाटस्थल आइपुगेका छन् ।भने अन्य नेताहरु आउनेक्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?