रुपन्देहीको बीच सडकका शंकास्पद वस्तु फेला, आठ घण्टा सडक अवरुद्ध

बुटवल । शंकास्पल वस्तु फेला परेपछि अवरुद्ध भएको रुपन्देहीको ड्राइभरटोल–शिवपुर सडक खण्ड आठ घण्टापछि खुलेको छ । 

गएराति १२ बजेदेखि अवरुद्ध ड्राइभरटोल–शिवपुर सडक खण्ड सोमबार बिहान ८ बजेदेखि खुलेको हो । ड्राइभरटोलदेखि एक किलोमिटर दूरीमा सडकको बीच भागमा शंकास्पद वस्तु फेला परेको थियो । प्रहरीले उक्त वस्तु बम हुनसक्ने आशंकामा रातभर सवारी तथा सर्वसाधारणलाई सो क्षेत्रमा आवागमन बन्द गराएको थियो । 

सडकको बीच भागमा चारवटा व्याट्री जस्ता वस्तुलाई तारले जोडेर रातो वत्ती टल्किने गरी राखिएकाले बम हुन सक्ने आशंका गरेर सेनलाई डिस्पोजका लागि बोलाइएको थियो । 

त्यस्तै ड्राइभरटोरी प्रहरी चौकीका असई अवधेश यादवका अनुसार सोमबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोली आएर शंकास्पद वस्तुलाई डिस्पोज गरेपछि यातायात सेवा पुन सुचारु भएको जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?