२२ माघ २०७९, आईतवार

मिर्गौलापीडितलाई दुई लाख सहयोग

२०७८,मङ्सिर,२४,शुक्रवार १३:३०

54
Shares

दमौली । तनहुँ समाज हङकङले दुवै मिर्गौला पीडित तनहुँको व्यास नगरपालिका–९ भोटेनीका मीनबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका गुरुङलाई समाजका तर्फबाट दुई लाख ३० हजार ६ सय १२ रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

उक्त सहयोग समाजका पूर्वअध्यक्ष भीमराज गुरुङ र निवर्तमान अध्यक्ष जंगबहादुर थापाले पीडित गुरुङलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै समाजका पूर्वअध्यक्ष गुरुङले सामाजिक काम गर्दै आएको समाजले आफ्नो क्षमताले भेटेसम्म विभिन्न रोगबाट पीडित भई उपचारमा रहेका बिरामीहरुलाई सहयोग गर्ने बताए । निवर्तमान अध्यक्ष थापाले तनहुँ समाज हङकङले जहिले पनि दीनदुखीको दुःखमा साथ दिँदै आएको बताए ।

यसअघि पनि समाजले तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ घर भएका दुईजना मिर्गौला पीडितलाई चार लाख ५७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका ४१ वर्षीय लुमबहादुर रिमालीलाई एक लाख ८२ हजार आठ सय रुपैयाँ र ३६ वर्षीय नेपालीलाई दुई लाख ७४ हजार दुई सय रुपैयाँ सहयोग गरिएको थियो ।

समाजले तनहुँमा विगत दश वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दसवटै स्थानीय तहमा १५/१५ हजार रुपैयाँ सहयोग गरेको थियो । साथै, गत असारमा आएको पहिराबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले दुई लाख ४४ हजार रुपैयाँ सहयोग गरेको थियो । समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउन १५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेको छ ।

विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको ब्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौलीस्थित गण्डकी विकास बैंकमा स्थापित अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ । समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमाद लगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ ।

समाजमा चार सय जना तनहुँबासी आबद्ध छन् । समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,२४,शुक्रवार १३:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीहरुले राजजीनामा बुझाउने तयारी गरेका छन् ।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय

काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले अहिलेको प्रधानमन्त्री नै केपी ओली भएको टिप्पणी गरेका छन् । संसद बैठकलाई सम्बोधन

काठमाडौं । राजस्व अनुसन्धान विभागले पछिल्लो तीन महिनाको अवधिमा राजस्व चुहावटका ६ मुद्दा दायर गरेको छ । विभागले आज प्रेस

ताजा समाचार

राजस्व चुहावटका ६ मुद्दा दायर
 २०७९,माघ,२२,आईतवार १६:०२
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
 २०७९,माघ,२२,आईतवार १५:४७