१ भाद्र २०७९, बुधबार

नेपाली भाषाका वरिष्ठ साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरिने

२०७५,जेष्ठ,१४,सोमवार ०४:३६

0
Shares

मोरङ । साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान गर्नु भएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । 

चेतना संरक्षण प्रतिष्ठानको संयोजनमा विराटनगरसहित विभिन्न क्षेत्रमा रहेका १०० भन्दा बढी साहित्यिक, सामाजिक, धार्मिक, शैक्षिक संघसंस्थाले सुवेदीलाई जेठ २६ गते नागरिक अभिनन्दन गर्न लागेका हुन् । भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी साहित्यमा मात्रै नभएर धार्मिक र सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । अभिनन्दनका लागि प्रतिष्ठानको संयोजनमा तयारी भइरहेको छ । 
प्रचारप्रसार, मञ्च व्यवस्थापन, भोजन व्यवस्थापन, ग्रन्थ प्रकाशन, आर्थिक व्यवस्थापन, कार्यसम्पादनलगायतका विभिन्न समिति गठन गरेर अभिनन्दनको तयारी पारिएको प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिए । 

सुवेदीका तीन दर्जनभन्दा बढी मौलिक र त्यतिकै संख्यामा सम्पादित पुस्तक प्रकाशित छन् ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,१४,सोमवार ०४:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सुकेश चन्द्रशेखर मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिज समस्यामा फस्दै गएकी छन् । उनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले आरोपी बनाएको

काठमाडौं । बालबालिकालाई सचेत गराउने उद्देश्यका साथ ‘नचिनेको मान्छेसँग जाँदिनँ’ पुस्तक सार्वजनिक भएको छ । अपरिचित मान्छेलाई विश्वास गर्नु हुँदैन

काठमाडौं । सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको

मुम्बई । आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’लाई लिएर भारतमा विरोध भइरहेको छ । हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५