ललितपुरका दुर्इ पेट्रोलपम्पले तेल ठगे, अनुगमन टोलीले सिलबन्दी ग-यो

ललितपुर : सवारीसाधनमा पेट्रोल र डिजेल हाल्दा ठगी गर्ने दुर्इ पेट्रोलपम्पमा सरकारको संयुक्त अनुगमन टोलीले सिलबन्दी गरिदिएको छ । 

ललितपुरको एकान्तकुनास्थित प्रशान्ती अायल स्टोर र सातदोबाटोको महालक्ष्मी विश्वकर्मा ट्रेडर्सको पेट्रोल डिस्पेलिङ पम्पलार्इ सरकारी अधिकारीले बन्द गरिदिएका छन् । 

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतका आयल निगम र गुणस्तर तथा नापतौल विभागको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा यी पेट्रोलपम्पले मापदण्डविपरित काम गरेको पत्ता लागेको हो ।

१० लिटर पेट्रोल हाल्दा बढिमा २५ मिलिलिटर मात्र कम हुनुपर्नेमा प्रशान्ति अायल स्टोरले ३० र महालक्ष्मी अायल विश्वकर्मा ट्रेडर्सले ४० एमएल तेल कम हाल्ने गरेको भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?