पौडेललाई निधिको फोन

लोकपथ
1.2k
Shares

काठमाडौं । कांग्रेस उपसभापति तथा १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेका छन् ।

नेता पौडेल बिहीबारको केन्द्रीय समितिको बैठकमा सहभागी नभएको तथा आजको महाधिवेशन उद्घाटन समारोहमा समेत उपस्थित नहुने चर्चा चलेपछि निधिले पौडेललाई फोन गरेका हुन् ।

सो क्रममा निधिले पार्टीका शीर्ष नेता उद्घाटन समारोहमा सहभागी हुनुपर्ने भन्दै सम्मानित नेता पौडेलको सहभागिता जरुरी रहेको बताए । जवाफमा पौडेलले आफू सहभागी हुने बताएको निधिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?