यस्तो छ कम्युनिष्ट सरकारका सय दिने उपलब्धी

काठमाडाैं : के.पी. अोली प्रधानमन्त्रीत्वको सरकारले १०० दिनमा गरेका काम र उपलब्धीहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अार्इतबार बेलुकी वर्तमान सरकारका सय दिने उपलब्धी सार्वजनिक गरेको हो । 

बितेका सय दिनमा यातायात क्षेत्रको एकाधिकार अन्त्य गरेको र सुन तस्कर पक्राउ गरेको विषयलार्इ सरकारले मूख्य उपलब्धी मानेको छ । तर, हालसम्म सिन्डिकेट नागरिकले अनुभूत गर्नेगरि अन्त्य भएको छैन । मुख्य सडक र ग्रामीण क्षेत्रहरूमा सिमित व्यवसायीका थोत्रा गाडीहरूमा खाँदिएर यात्रा गर्नुपर्ने अवस्था हटेकै छैन । सुन तस्करी प्रकरणले पनि अझै अन्तिम रूप लिएको छैन । गृह र प्रहरीका कर्मचारीहरूले अझै यो काण्डलार्इ टुंगोमा पु-यार्इसकेका छैनन् । 

सरकारको अाफ्नै प्रयासले भएका उपलब्धीहरू भने शुन्यप्राय : देखिएको छ । जनजीविका र सार्वजनिक प्रशासन एवं सुशासनका क्षेत्रमा यो बीचको सय दिनमा ठोस काम भएको विवरण सरकारले दिन सकेको छैन । 

८८ बुँदामा सरकारले अाफ्ना सय दिने उपलब्धी सार्वजनिक गरेको छ । यो सय दिनको बीचमा संघीयता कार्यान्वयन, कानुन निर्माण, कृषि, अर्थ, उर्जा, उद्योग, श्रम तथा रोजगार, पूर्वाधार, पर्यटन, सामाजिक विकास, स्वास्थ्य, शान्ति र स्थायीत्व, शासकीय सुधार र परराष्ट्रका क्षेत्रमा महत्वपूर्ण काम भएको सरकारी दाबी छ । 

प्रधानमन्त्रीको देश दाैडाहा पनि सरकारको सय दिने उपलब्धीमा समेटिएको छ । 'समृद्द नेपाल-सुखी नेपाली' को नारालार्इ पनि ठूलो उपलब्धी ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?