काठमाडौं । साझा उम्मेदवार खोज्न विफल भए पनि नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरु छलफलमा जुटेका छन् ।
आज (शुक्रबार) बिहानैबाट संस्थापनइतरका नेताहरु अनुपम फुडल्याण्डमा छलफलमा जुटेका हुन् । बैठकमा सभापतिका आकांक्षी नेताहरु भने उपस्थित रहेका छैनन् ।
संस्थापनइतरका युवा नेताहरुको छलफल जारी रहँदा अन्य नेताहरु भने वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा पुगेका छन् ।
नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, मिनेन्द्र रिजाललगायत नेताहरु पौडेल निवास बोहराटार पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया