‘मानवअधिकार उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याऔँ’

RSS
52
Shares

रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानवअधिकार उल्लंघन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरका राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशलगायतका संघ संस्थाले आज बुटवलमा निकालेको र्‍यालीपश्चात् आयोजित सभामा उनले मानवअधिकार रक्षा गर्नु सबैको दायित्व भएको बताए ।

समाजमा महिलामाथि हुने हिंसा बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबैले आफ्नो ठाउँबाट आवाज उठाउन आवश्यक रहेकोमा उनले जोड दिए ।

‘महिलाकै गर्भबाट जन्मिएर महिलामाथि नै हिंसा गर्नु बिडम्वना हो’, शेरचनले भने ।

उनले ७३औँ मानवअधिकार दिवस मनाइरहँदा पनि नेपाली नागरिकको अधिकारको संरक्षण हुन नसकेको उल्लेख गर्दै यसमा सबैको ध्यान जानुपर्ने बताए ।

राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्यले मानवअधिकारको संरक्षण र संवर्द्धनमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?