काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफ्नो पार्टीको आगामी कार्यदिशा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुने बताएका छन् ।
बिहीबार काठमाडौंको कमलादीमा आयोजित कार्यक्रममा थापाले महामन्त्रीको उम्मेदवारीसहित उक्त अवधारणापत्र सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेता थापाले सो कार्यदिशालाई अघि बढाएर जनताले आगामी निर्वाचनमा कांग्रेसलाई रोज्न र छान्न सक्ने बनाउन आफूले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको पनि स्पष्ट पारे ।
त्यस्तै उनले चुनाव आफैँ जित्ने जनताको रोजाइको कांग्रेस बनाउने योजनाका साथ आफू अघि बढेको पनि बताए ।
नेता थापाले भने, ‘अब चुनाव जितिन्छ, जितिन्छ भनेर भाषण गर्नै पर्दैन । चुनाव आफैँ जितिन्छ । आफैँ आउँछन् मतदाता । लाइन लागेर आउँछन् । कांग्रेसलाई छान्न आउछन, रोज्न आउँछन् । कांग्रेस त्यो छान्न मन लाग्ने, रोज्न मन लाग्ने, कांग्रेससँग जोडिन मन लाग्ने कांग्रेस बनाउने हो । त्यो कांग्रेस बनाउने कुरा हाम्रो मिसनले बनाउँछ । हाम्रो कार्यक्रमले बनाउँछ । यो सँगसँगै महामन्त्रीको अर्को काम भनेको पार्टीको व्यवस्थापन पनि हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया