बेलायतको कृषि क्षेत्रले गरे ब्रेग्जिटपछिका माग

एजेन्सी : बेलायतको खाद्य तथा कृषि उद्योगले सरकारलाई युरोपेली युनियनबाट छुट्टिएपछि युरोपेली युनियनबाट पर्याप्त कामदार राख्न पाउने भर्नासम्बन्धी व्यवस्थाको सुनिश्चित गर्न आग्रह गरेको छ ।

खाद्य तथा कृषि उद्योग क्षेत्रका १०० संगठनहरूले संयुक्तरूपमा बेलायती प्रधानमन्त्री समक्ष यो माग प्रस्तुत गरेका हुन् ।

ब्रेग्जिट पछिका प्राथमिकताहरू मध्येको यो विषयलाई सुनिश्चित गर्न आप्रवासनसम्बन्धी योजनाको एक श्वेतपत्र जारी गर्न सो माग पत्रमा आग्रह गरिएको छ ।
सरकारका प्रवक्ताले जनाए अनुसार उनीहरूले सन् २०२०सम्म युरोपेली नागरिकलाई भर्ना गर्न पाउने छन् ।उनीहरूले कृषि श्रमिकसम्बन्धी समस्याबारे ध्यान आकर्षण गराएका थिए ।

बेलायत युरोपेली युनियनबाट सन् २०१९बाट अलग हुनेछ । यो माग पत्रमा युरोपेली याुनियनसँग संघर्षहीन व्यापारको व्यवस्था गर्न ,कृषिको उत्पादन बढाउन र त्यसको व्यवस्थापन गर्ने विकास गर्न लगायतका विषय समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?