नक्कली डाक्टर समात्ने सिआईवीका प्रहरी नै नक्कली

काठमाडौं – नक्कली डाक्टर र पाइलटलाई पक्राउ गरी चर्चा कमाएको नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) का प्रहरी नै नक्कली शैक्षिक प्रमाणपत्र काण्डमा मुछिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिआईवीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नकुलबहादुर वोगटीलाई विहार स्कुल इक्जामिनेसन बोर्ड, पटनाबाट माध्यमिक तह पास गरेको झुट्टा एवं नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी बढुवा भई सेवामा बहाल रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल समाचार पत्र दैनिकका अनुसार बोगटीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी लाभ समेत लिएको अख्तियारले पुष्टि गरेको छ । उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) द्वारा परिभाषित कसूर गरेको देखिएको भन्दै अख्तियारले उनलाई छ महिना देखि एक बर्षसम्म कैद र दश हजार देखि बीस हजार रूपैयाँ जरिवाना हुने गरी माग दावी सहित मुद्दा दायर गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?