कस्ले गर्यो छक्कापञ्जा २ माथि नियोजित आक्रमण ?

काठमाण्डौं, २५ असोज । हाँस्य कलाकार तथा चलचित्र निर्माता दीपकराज गीरीले पछिल्लो समय छक्का पञ्जा २ माथि भैरहेका आलोचनात्मक टीप्पणी माथि मुख खोलेका छन । सामाजिक सञ्जाल फेसबुकमा लामा स्टाटस लेख्दै गीरीले चलचित्र छक्कापञ्जा २ माथि नियोजित ढंगले समुहगत आक्रमण भैरहेको उल्लेख गरेका छन । दीपकराज गीरी निर्मित छक्कापञ्जा २ बारे महिला अधिकारकर्मिहरुले आलोचना गर्न थालेपछि कहिले कन्सल्ट्यान्सीहरुले कहिले कानुनविदहरुले त कहिले कानुनविदहरुले नियोजित रुपमा समुहगत आक्रमण गरेको गीरीले आरोप लगाएका छन । उनले फिल्म मनोरञ्जनका लागि बनेको उल्लेख गर्दै सबैका आलोचनाका आधारमा फिल्म बनाउने हो भने त्यो फिल्म नभई नैतिक शिक्षा बन्ने बताएका छन । हिन्दी फिल्म पिकेमा गरिएको परिकल्पनालाई उत्कृष्ट मान्ने केही डलरवादीहरुले फिल्मनै नहेरी अमेरिकामा बसेर आलोचना गर्ने गरेकोप्रति आक्रोस व्यक्त गरेका छन । उनले छक्कापञ्जा दुई फिल्म भएकोले फिल्मकै रुपमा बुझ्न र संविधानको रुपमा नबुझ्न आलोचकहरुप्रति व्यंग्य गरेका छन । गीरीले फेसबुकमा लेखेका छन, म आज लेख्दैछू…….. हिजो “दीपक दीपा लाइ चिठ्ठि” भन्ने शीर्षकमा पंढ्न पाइयो एक त प्रश्न पढ्नै महाभारत थियो छक्का पन्जाको स्क्रिप्ट भन्दा लामो, चूप लागेर बस्न पनि सकिन्थ्यो तर ज़िम्मेवार ब्यक्तिले त्यस्तो गर्नु राम्रो लागेन….. महिलाबादी महिला ज्यू ले चलचित्रमा  आपत्ति जनाउनु भो कुनै आश्चर्य लागेन किनकि एक दिन अधि कानुनबिध ले आपत्ति जनाए, त्यो भन्दा अधि कन्सलटेन्सि वाला अहिले महिलाबादी .. गज्जब छ यो देश …… एउटा चलचित्र को पछाडि यसरी समूहगत आक्रमण ??????? एक त हामि डलर खएर आफ्नो कलर नै चेन्ज गर्न खप्पिस छौ

अर्को चलचित्र एउटा फिक्सन हो .. परिकल्पना .., तपाइ हलमा मनोरन्जन लिन जानु भएन दीपक दीपाले कॉहा कॉहा मिस्टेक गरे त्यो हेर्न जानु भो.., तपाइहरू सबैको चिठ्टि पढेर त्यहि लागू गर्ने हो भने फ़िल्म होइन नैतिक शिक्षा भाग ३ बन्छ…. हामिअतिवाद लाइ प्रसय दिइरहेका छौ दीपक दीपा लाइ सिध्याउनु पर्छ यिनिहरू छन्जेल हाम्रो अभिष्ट पूरा हूदैन , भन्ने समूह नै सक्रिय रहेको पाएको छू… हरेक चलचित्र आउन पाउदैन हाम्रा नाममा यस्त चिठ्टि काटिन्छ्न .. महिलाबादी देखि वालबालिकाबादी सम्म चिठ्टि लेख्न थाल्छन् अमेरिकामा बसेर फ़िल्म नै नहेरि” झूर फिल्म” “ वाइहात फ़िल्म “ “थर्ड क्लास फ़िल्म “ लेख्न थालिन्छ… पहिलो फ़िल्म लाइ पनि जोकै जोकको पोको, महिला लाइ हेप्यो, थर्ड क्लास फ़िल्म आदी आदी.. त्यति वेला पनि बिदेशी डलर सेबन गरेर नेपालमा हवन गर्ने हरूले महिला लाइ हेप्यो भनेर लेखेर पछि नै लागे….. हामि हिन्दी फ़िल्म पिके मा अन्तरीक्ष बाट एक अद्भूभूत ब्यक्ति आएर पृथिमा अचम्मका क्रियाकलाप गरेर समाज सुधारेर फर्केको पत्याउछौ , लजिक खोज्दैनौ तर हामिले गरेको काममा चाहि यस्तो कॉहा हुन्छ? हुनै सक्दैन, असम्भब देखायो….. “ ए पर्भू मैले फ़िल्म बनाको हो, संबिधान होइन, फ़िल्मले कल्पनाशीलता लाइ बोक्छ , हरेक कुरामा लजिक नखोज्नुस कति ठॉउमा फ़िल्म लिबर्टी पनि लिइन्छ … महिलाको अधिकार को लागि शिष्ट शब्दमा महाभारत को पाठ पढाउने चिठ्टि लेख्ने महान महिलाज्यू तपाइलाइ था छ “ छक्का पन्जा २” को मूल नायक प्रियंका र स्वस्तिमा( आमा छोरी ) हुन् स्वस्तिमा ले चाहि आइएल्स पास गरेको देखाउनु पर्थ्यो भन्नु भो अब देखि लेखकले हरेक कुरा लैंगिक आधारमा हेर्नु पर्यो? त्यॉहा प्रिया भन्ने पात्रले पनि आइएल्स पास गरेर आकास उस्को डिपेनडेन्ट मा गएको देखाइएको छ , त्यता ध्यान गएन महान महिलाज्यू?…. खोतल्दै गयो भने बौ लाइ गॉड्या चिहान भेटिन्छ भव्छन्…. कति खोतल्नु हुन्छ? कति पछि लाग्नु हुन्छ कुनै एउटा संस्थाको पुच्छर समातेर आफ्नो स्वार्थको बैतर्नि कहिले सम्म तर्ने?  म एउटा सामान्य मनोरन्जन दिने फ़िल्म बनाउने मान्छेलाइ नैतिक शिक्षाको ठेलि ले थिचेर अशक्त बनाउने प्रयास किन? के लगातार सफल हुनु , उद्योग लाइ योगदान दिनु, यसबाट सामाजिक हितको काम गर्नु, अपराध हो? हरेक फ़िल्म मा महिलालाइ माहान नै देखाउनु पर्ने ढोगं छोडनुस ,खलपात्र पुरूष मात्रै हुनु पर्छ भन्ने मानसिकता बाट मुक्त हुनुस जेलमा गएर हेर्नुस त्यॉहा पुरूष मात्रै हुदैनन्……. लेख्ने कुरा धेरै छ, म यस्लाइ यहि टुगॉउछू ….. कृपया मन परे शेयर गरिदिनुस ..दीपक दीपा ले छक्का पन्जा २ ल्याको हो आणविक बम परिक्षण गरेको होइन …    

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?