लन्डनका पेटी गायक क्यासलेस प्रणालीमा

एजेन्सी: लन्डनका सडक पेटी वा अन्य स्थानमा संगीत गाएर चन्दा संकलन गर्नेहरूलाई दानपात्रमा नगद दिने कामलाई समाप्त पारी नगदहीन वा क्यासलेस प्रणालीमा लगिएको छ ।

यसरी स्वेच्छिकरूपमा दान दिनेहरूले कार्डको माध्यमबाट ठेकानहीन भुक्तानी गर्नेछन् । यो विश्वमै पहिलो व्यवस्था लन्डनमा  भएको छ । यो कार्य स्विडेनको प्रविधि कम्पनी आइजेटलसँग साझेदारी गरि गरिएको छ । यो आइजेटललाई अमेरिकाको भुक्तानी कम्पनी पेपलले यो महिना खरिद गरेको थियो ।

लन्डनका मेयर सदिक खानले भने “बढी भन्दा बढी लन्डनवासीहरूले सडकमा प्रतिभा देखाउने राजधानीका यस्ता कलाकारहरूलाई सहयोग गर्न सजिलो हुनेछ ।”

हामीले यसको सफल परीक्षण गरेपछि यो योजनालाई सार्वजनिक गरेको उनले जनाए । सडकपेटीमा गीत संगीतको पूर्णकालीन कलाकार चारलोट क्याम्पबेलले यसको परीक्षण गर्न सघाएकी थिइन् । दुई सातामा यसबाट ठूलो योगदान भएको पाइएको छ ।

कार्ड रिडरहरू स्मार्टफोन वा अन्य डिभाइसमा जडान गरिएको हुन्छ । यसले निश्चित रकम दान दिन सहयोग गर्छ । म गाउन थालेपछि बढी भन्दा बढी मानिसले दान दिएको पाएको क्याम्पबेलले बताइन् ।सडकपेटीमा गाउने कलाकारहरूलाई बस्कर भनिन्छ ।

उनीहरूको संगठन बस्कले आइजेटलसँग मिलेर यो स्किम तयार गरेको हो ।कार्ड रिडरको प्रयोग गरी अनलाइन भुक्तानी सानातिना व्यापारी र दानदाता माझ धेरै लोकप्रिय भइरहेको छ ।

यो महिनाको शुरूमा पेपलले आइजेटललाई २.२ अर्ब अमेरिकी डलरमा किन्ने घोषणा गरेको थियो । स्टकहममा सन् २०१०मा स्थापना भएको आइजेटल डेबिट र क्रेडिट कार्ड रिडर बिक्री गर्न शुरू गरेको थियो । यो कार्ड रिडरको विस्तार इ–कमर्सका प्लेटफर्महरूमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?