सरकारी संस्थानमध्ये जनक शिक्षाको घाटा सबैभन्दा बढि

काठमाडाैं : सरकारले सञ्चालन गरेका सार्वजनिक संस्थानमध्ये जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सबैभन्दा बढि घाटामा गएको छ । चालु अार्थिक बर्षको ८ महिना अर्थात फागुनसम्ममा जनक शिक्षा सञ्चालन गर्दा सरकारलार्इ ३१ कराेड ६२ लाख घाटा लागेको हो । 

अर्थ मन्त्रालयले अार्इतबार सार्वजनिक गरेको 'सार्वजनिक संस्थानहरूको बार्षिक स्थिति समिक्षा' मा उल्लेख भएअनुसार बन्द भएर फेरि सञ्चालनमा ल्यार्इएको नेपाल औषधि लिमिटेड धेरै घाटा व्यहोर्ने संस्थामध्ये चौथो स्थानमा रहेको छ। यो संस्थाको खुद नोक्सान १३ करोड ८७ रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा आयल निगमको नाफा सरकारका कुल ३७ संस्थानमध्ये दुई नम्बरमा रहेको छ । यसअघि निरन्तर घाटामा रहेको नेपाल आयल निगमले गत बर्षदेखि भने नाफा कमाउन थालेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गरेसँगै अर्बौं घाटामा रहेको निगम नाफामा गएको हो।    आयल निगमले भन्दा बढी दुरसंचार कम्पनीले मात्रै गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?